२.० बक्सअफिस: पाँच दिनमा साढे ४ सय करोड माथि



रंगखबर, काठमाडौँ – रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ले पाँच दिनमा विश्वव्यापी ४ सय ५१ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । ५ सय ४३ करोडको बजेटमा निर्मित फिल्मले पहिलो साता लगानी रिकभर गर्न गाह्रो देखिएको छ ।

फिल्मले हिन्दी भर्सनमा १ सय ११ करोड कमाई गरेको छ । हिन्दी भर्सनको कमाई नेटमा सार्वजनिक भएपनि अन्य भर्सनमा आधिकारिक कलेक्सन सार्वजनिक भैसकेको छैन । फिल्मले अनुमानित ३ सय करोड नजिक नेट कमाएको भारतीय मिडियाहरुले लेखेका छन् ।

बहुप्रतिक्षित फिल्मले संसारका केहि स्टेसनमा रेकर्ड तोड कमाई गरेपनि ओभरअल कमाई सोचेजस्तो हुन् सकेको छैन । फिल्मको भिएफएक्सले राम्रै प्रशंसा पाउँदा पटकथालाई भने प्राय:ले कमजोर भनेका छन् ।

शंकर निर्देशित फिल्मले ७० करोड माथिको ओपनिङ गरेको थियो । दोस्रो साताको कमाईसँगै फिल्मले लगानी रिकभर गर्ने अनुमान गरिएको छ । ८० करोडको हिन्दी भर्सन भने पाँच दिनमै रिकभर भएको छ । हिन्दी भर्सनमा मात्रै फिल्मले २ सय करोड माथिको व्यापार गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्