लय र रेखालाई हरितारा चलचित्र पुरस्कारले सम्मानित



रंगखबर, काठमाडौँ – हरितारा चलचित्र पुरस्कारद्वारा अभिनेता/निर्देशक लय संग्रौला र अभिनेत्री/निर्देशक रेखा थापालाई सम्मानित गरिएको छ । दशकौंदेखि फिल्मका विभिन्न विधामा क्रियाशील रहेका लय र रेखाले यो क्षेत्रमा ठुलो योगदान दिएका छन् ।

दुवैलाई सम्मानसहित जनही २५ हजार प्रदान गरियो । यस्तै परिवर्तन नेपालद्वारा स्थापित दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट उत्तम केसी, विजयरत्न तुलाधर र सावित्री कोइरालालाई जनही १० हजारका साथ सम्मान गरिएको थियो । अभिनेता/निर्देशक राजकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री सोभिता सिंखडालाई भने ‘परिवर्तन सम्मान – २०७५’बाट सम्मान गरियो ।

लेखक/निर्देशक मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र कलापत्रकार शान्तिप्रियले सम्मानित व्यक्तिहरुको नाम छनोट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्