प्रिमियरमा ‘प्रसाद’ प्रतिक्रिया



रंगखबर, काठमाडौँ – मंसीर २१ देखि प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’ दर्शक माँझ प्रतिक्षित छ । गीत/संगीत ट्रेलरमा देखाइएको कन्टेन्टले गर्दा फिल्मबाट सबैले आशा बोकेका छन् ।

रिलिजको दुई दिन अगाडी फिल्मको ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा फिल्मले कस्तो प्रतिक्रिया पायो त ? दर्शकलाई कौतुहलताको विषय बन्न सक्छ । फिल्मलाई ओभरअल एभरेज भन्दा माथिको प्रतिक्रिया मिलेको छ । कथा, अभिनय, गीत/संगीत फिल्मका मन जित्ने विधा हुन् ।

यसका अलावा फिल्मले सोलो गति र मध्यान्तरपछि विपिन कार्कीलाई धेरै फोकस्ड गरेका कारण लय गुमाएको छ । पटकथा बग्दै गर्दा अन्त्यतिर पुन: फिल्मले दर्शकलाई बाँध्छ । फिल्मको अर्को तारिफयोग्य पाटो यसको विषयबस्तुलाई बताइएको छ । फिल्मले अन्तरजातीय विवाह, निसन्तान दम्पति पिडाको र वर्तमान समाजको दृश्यलाई उतारेको छ ।

दिनेश राउतले निर्देशन गरेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतले केन्द्रिय भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्