नेपाली फिल्ममा सन्नीको ८ करोड डान्स



रंगखबर, काठमाडौँ – बलिउड आइटम गर्ल सन्नी लियोनले नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा नृत्य पस्केकी छन् । निर्माण पक्षले बताए अनुसार उक्त गीतका लागि नेपाली ८ करोड रुपैयाँ खर्च गरिएको छ ।

सन्नीको पारिश्रमिक २ करोड भारतीय र गीत छायाँकन गर्दा सकिएको ५ करोड नेपाली जोड्दा ८ करोड सकिएको छ । वर्तमानमा नेपाली फिल्मले ८ करोड कमाउन हम्मे पर्छ । एकाध फिल्म मात्र छन् । जसले ८ करोड माथि कमाइ गरेका छन् ।

तर, फिल्मको एकै गीतमा ८ करोड खर्चिएपछि बजेट कहाँसम्म पुग्ला । कम्तिमा १० करोड । निर्माण पक्षले कथाको मागअनुसार नै सन्नीलाई झिकाइएको बताएको छ । जे होस् ‘पासवर्ड’ सर्वाधिक महँगो नेपाली फिल्म बन्नेछ ।

सन्नी फिचर्ड गीतका केहि तस्विरहरु सार्वजनिक भएका छन् । जुन गीतको कोरियोग्राफीका लागि बलिउडका चर्चित कोरियोग्राफर विष्णु देवालाई झिकाइएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा २ सय बढी कोरस प्रयोग गरिएको बताइएको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्ममा बिक्रम जोशी, अनुपबिक्रम शाही, बुद्दि तमाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्