सर्वाधिक कमाउने २० भारतीय कलाकार



रंगखबर, काठमाडौँ – फोर्ब्स इन्डियाले वर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने सय भारतीय सेलेब्रेटीको नाम सार्वजनिक गरेको छ । सुचीको अग्रस्थान सलमान खानले ओगटेका छन् । उनको वार्षिकी कमाइ २५३.२५ करोड भारतीय छ ।

त्यस्तै सुचीको दोस्रो स्थानमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली छन् । उनको कमाइ २२८.०९ करोड छ । १८५ करोड कमाइका साथ तेस्रो स्थानमा अक्षय कुमार हुँदा, चौथों स्थानमा दीपिका पादुकोण छिन् । उनको वार्षिकी कमाइ ११२.८ करोड छ ।

त्यस्तै १०१.७७ करोड कमाइ सँगै भारतीय क्रिकेटका पुर्वकप्तान महेन्द्र सिंह धोनी छन् । सुचीको छैटौँ देखि दशौँ स्थानसम्म क्रमस आमिर खान, अमिताभ बच्चन, रणवीर सिंह, सचिन तेन्दुलकर र अजय देवगण छन् । टप १० मा नअटाएका शाहरुख सुचीको १३ औँ स्थानमा छन् । उनको कमाइ ५६ करोड छ ।

सर्वाधिक कमाउने २० कलाकारको सुची

१) सलमान खान – २५३.२५ करोड
२) अक्षय कुमार – १८५ करोड
३) दीपिका पादुकोण – ११२.८ करोड
४) आमिर खान – ९७.५ करोड
५) अमिताभ बच्चन – ९६.१७ करोड
६) रणवीर सिंह – ८४.६७ करोड
७) अजय देवगन – ७४.५ करोड
८) अलिया भट्ट – ५८.८३ करोड
९) शाहरुख खान – ५६ करोड
१०) रजनिकान्त – ५० करोड
११) अनुष्का शर्मा – ४५.८३ करोड
१२) रनबिर कपूर – ४४.५ करोड
१३) संजय दत्त – ३७.८५ करोड
१४) कट्रिना कैफ – ३३.६७ करोड
१५) पवन कल्याण – ३१.३३ करोड
१६) करीना कपूर खान – ३१ करोड
१७) विजय – ३०.३३ करोड
१८) जुनियर एनटिआर – २८ करोड
१९) विक्रम – २६ करोड
२०) महेश बाबु – २४.३३ करोड

प्रतिक्रिया दिनुहोस्