नेपाली बक्सअफिसमा तीन फिल्म, भन्नुस कुन हेर्ने ?



रंगखबर, काठमाडौँ – नेपाली बक्सअफिसमा आज शुक्रबारदेखि तीन फिल्म प्रदर्शनमा आएका छन् । नेपाली ‘प्रसाद’ र बलिउड फिल्म ‘पाहुना’ र केदारनाथ’ले यो साता मल्टीप्लेक्स देखि सिंगल थिएटरसम्म प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै केहि सिंगल स्टेसनमा नेपाली फिल्म ‘झिल्के’पनि प्रदर्शनमा आएको छ ।

प्रसाद

प्रतिक्षित फिल्म ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । भने, कथा सुशील पौडेलले लेखेका हुन् । नि:सन्तान दम्पतिको कथा र जीवनमा आउने उतारचढावलाई प्रस्तुति रहेको फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

गीत/संगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान छ । अग्रिम बुकिङमा देखिएको क्रेज र प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको इनिसियल व्यापार राम्रो हुने संकेत देखिएको छ । फिल्मले मल्टीप्लेक्सका सर्वाधिक शोज ओगटेको छ ।

पाहुना

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म नेपाली भाषामा निर्माण भएको हो । मल्टीप्लेक्स लक्षित फिल्मले बालमनोविज्ञानलाई आत्मसाथ गरेको छ ।

पाखी ट्रेवाला निर्देशित फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, बिनोद प्रधान, उत्तम प्रधान, बिनिता लागुनलगायतका कलाकारको अभिनय छ ।

केदारनाथ

हिन्दु धर्मालम्बीहरुको चर्चित धार्मिकस्थल ‘केदारनाथ’मा आधारित फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका हुन् । केदारनाथ बाढी-पहिरोको बेला दुख झेलेको एक जोडीको कथामा सुशान्त सिंह राजपुत र सारा अलि खानले अभिनय गरेका छन् ।

बलिउड अभिनेता सैफअलि खानकी सुपुत्री साराले डेब्यु फिल्म अगावै निक्कै चर्चा बटुलेकी छन् । नेपाली मल्टीप्लेक्सको शोज संख्यामा ‘केदारनाथ’ दोस्रो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्