मिस वर्ल्डको उपाधि होडबाट बाहिरियो नेपाल



रंगखबर, काठमाडौँ – मिस वर्ल्ड २०१८ को उपाधि होडबाट नेपाल बाहिरिएको छ । एसिया एण्ड ओसियनको टप ३ हुँदै प्रतियोगिताको टप १२ मा पुगेको नेपालले फाइनल ५ मा स्थान बनाउन सकेन । मिस वर्ल्ड एसिया एण्ड ओसियनको उपाधि जित्दै थाइल्याण्डले फाइनल ५ मा स्थान बनाउन सफल भएको छ । एसियाको टप ३ मा न्युजिल्याण्डले पनि स्थान बनाएको थियो ।

फाइनल ५ मा जमैका, बेलारुस, थाइल्याण्ड, मेक्सिको र युगान्डाले प्रतिस्प्रर्धा गरिरहेका छन् । चिनको सान्यामा जारी प्रतियोगितामा नेपालबाट सृंखला खतिवडाले सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्