साम्राज्ञी, पुष्पल र रेविका (फोटोफिचर)



रंगखबर, काठमाडौँ – मंगलबार राजधानीमा मन्त्र पढ्दै फिल्म ‘मारुनी’को औपचारिक घोषणा गरियो । नवल नेपालले निर्देशन गर्ने त्रिकोणात्मक प्रेमकथामा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङ मुख्य भूमिकामा रहनेछन ।

घोषणा कार्यक्रममा तीनै कलाकारले र्याम्प तताएका थिए । निर्देशकले तीनै कलाकारको मुख्य भूमिका रहने भने पनि फिल्मको पोस्टरमा रेविका अटाइनन् । सार्वजनिक पोस्टर साम्राज्ञी र पुष्पलको टाउको जोडेर तयार गरिएको थियो । हुनत, रेविकाले यहिँ फिल्मबाट डेब्यु गर्दैछिन । नयाँ अनुहार भएकाले रेविकालाई फर्स्टलूकमा समावेश नगरिएको हुन् सक्छ ।

कार्यक्रम अवधिभर तीन मुख्य कलाकारले क्यामरामा पोज दिए । रंगखबर डटकम कार्यक्रमका केहि तस्विरहरु प्रस्तुत गर्दछ ।

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्