चार सुन्दरी प्रतियोगिता: ४८ सुन्दरी, सफलता टप ८



रंगखबर, काठमाडौँ – ब्युटी पेजेन्ट ‘मिस युनिभर्स’को ६७ औँ संस्करण सकिँदा, नेपालले भने दुई पटक भाग लियो । सन् २०१७ मा नेपालले पहिलो पटक ‘मिस युनिभर्स’मा सहभागिता जनाएको थियो । नग्मा श्रेष्ठ नेपालबाट ‘मिस युनिभर्स’को प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी बनिन् ।

‘कन्फीडेन्ट्ली ब्युटिफुल’लाई आदर्श मान्ने यस सुन्दरी प्रतियोगिता भारतले दुई पटक जितिसकेको छ । भने, अमेरिकाले सर्वाधिक ८ पटक ‘मिस युनिभर्स’ पाइसकेको छ । भेनेजुइला ७, पुयट्रो रिको ५ र फिलिपिन्सले ४ पटक उपाधि जितेका छन् । फिलिपिन्स २०१८ को समेत विजेता हो ।

थाइल्याण्डमा सम्पन्न ६७ औँ ‘मिस युनिभर्स’मा नेपालबाट मनिता देवकोटाले सहभागिता जनाएकी थिइन् । ९४ देशका सुन्दरीसँग प्रतिस्पर्धा गर्दै मनिताले टप १० सम्मको यात्रा तय गरिन । दोस्रो पटकमै टप १० पुग्नु नेपालको लागि उल्लेख्य उपलब्धि मानियो ।

यसै साता चिनको सान्यामा सम्पन्न ‘मिस वर्ल्ड २०१८’मा सृंखला खतिवडाले नेपाललाई टप १२ सम्म पुर्याइन । २० वर्ष देखि ‘मिस वर्ल्ड’मा सहभागिता जनाउँदै आएको नेपाल, ठुलो उपलब्धि स्वरुप टप १० सम्म पुगेको छ । सन् २०१३ मा इशानी श्रेष्ठले ‘ब्युटी विथ प्रपोज’को अवार्ड जित्दै पहिलो पटक नेपाललाई टप १० मा पुर्याएकी थिइन् ।

‘मिस वर्ल्ड’को उपाधि भारत र भेनेजुइलाले सर्वाधिक ६/६ पटक जितेका छन् ।

                                                                            मिस युनिभर्स – २०१८ मा मनिता देवकोटाको पहिरन

‘मिस वर्ल्ड’ जस्तै ‘मिस युनिभर्स’ पनि विश्वको प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो । ‘मिस इन्टरनेशनल’ र ‘मिस अर्थ’ पनि ठुला प्रतियोगिता मध्येमा पर्छन ।

नोभेम्बर ३० मा सम्पन्न ‘मिस अर्थ २०१८’मा प्रिया सिग्देलले नेपाललाई टप १८ सम्म पुर्याइन । उनले ट्यालेन्ट समुहको फायर ग्रुपमा एक रजत पदक पनि जितिन । सन् २०१२ को ‘मिस अर्थ’मा नग्मा श्रेष्ठले नेपाललाई टप ८ सम्म पुर्याएकी थिइन् । २००४ देखि लगातर ‘मिस अर्थ’मा सहभागिता जनाइरहेको नेपालले १५ औँ पटक भाग लिइसकेको छ ।

‘मिस अर्थ’को सर्वाधिक सफल देशमा फिलिपिन्स नै पर्छ । उसले अहिलेसम्म ४ पटक उपाधि जितिसकेको छ । भने,
इक्वाडोर, भेनेजुइला र ब्राजिलले २/२ पटक उपाधि जितेका छन् ।

त्यस्तै ‘मिस इन्टरनेशनल’मा भने नेपालले अहिलेसम्म कुनै पनि प्लेसमेन्ट हाँसिल गर्न सकेको छैन । सन् २००० देखि नेपालले यस प्रतियोगितामा ११ पटक भाग लिएपनि सफलता शुन्य छ ।

८ पटक उपाधि रक्षा गरेको भेनेजुइला ‘मिस इन्टरनेशनल’मा सर्वाधिक सफल देश हो । फिलिपिन्सले पनि ६ पटक उपाधि रक्षा गरिसकेको छ ।

‘मिस इन्टरनेशनल’को एक मात्र चर्चित नाम हो – निशा अधिकारी । २००५ को ‘मिस इन्टरनेशनलमा’ कुनै प्लेसमेन्ट नपाए पनि संचार क्षेत्र, नेपाली फिल्म र नेपाली क्रिकेट दुनियाँमा निशाले आफुलाई चिनाइन । त्यस्तै २०१२ की ‘मिस इन्टरनेशनल – नेपाल’ सुभेक्षा खड्काले फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गर्दैछिन ।

प्रतिक्रिया दिनुहोस्