शिल्पाको बर्थडे आएनन् छवि, सम्बन्धमा आएकै हो दरार ?



रंगखबर, काठमाडौँ – बाहिर देखिएको छ, निर्माता छविराज ओझा अहिले शिल्पा पोखरेलसँगको वैवाहिक जीवनमा रमाइरहेका छन् ।

शिल्पालाई छविले फिल्म ‘लज्जा’बाट डेब्यु गराए । त्यसपश्चात दुवै जना प्रेममा रहेको समाचारले मिडिया तात्न थाले । शिल्पाले छविराज प्रोडक्सनका ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ र ‘मङ्गलम’मा पनि अभिनय गरिन । केहि समय अगाडी अभिनेत्री रेखा थापाले एक स्मारिकामा छवि र शिल्पाको विवाह भैसकेको घोषणा गरिदिइन ।

पारिवारिक सदस्यसहित शिल्पा र छविले गुपचुप विवाह गरेको हल्लाहरु फिल्म सर्कलमा मज्जैले सुनिन्छन् । ‘मङ्गलम’ रिलिजसम्म दुवै जनाको वैवाहिक सम्बन्धबारे कुनै पनि नकारात्मक समाचार बाहिरिएका थिएनन् । तर, पछिल्लो समय शिल्पा र छविको सम्बन्धमा दरार आएको अड्कल काटिएको छ ।

शिल्पाले पुष ७ गते नजिकका साथि भाइसँग आफ्नो जन्मदिन मनाइन । बुझिए अनुसार उनले बर्थडे पार्टीमा छविलाई पनि निम्ता दिएकी थिइन् । ६ बजेदेखि छविको पर्खाइमा बसेकी शिल्पाले ८ बजे केक काटिन । तर, छवि झुल्किएनन । छवि नआउँदा शिल्पाको अनुहारमा हुनुपर्ने जति चमक थिएन ।

गत वर्षसम्म शिल्पाको बर्थडे पार्टी आफै आयोजना गर्दै आएका छवि आखिर किन विशेष दिनमा उपस्थित भएनन् ? प्रश्न उब्जिएको छ । के छवि र शिल्पाको सम्बन्धमा दरार आएकै हो त ?

छविको यसअघि अभिनेत्री रेखा थापासँगको वैवाहिक सम्बन्ध टुटेको थियो । रेखा भन्दा अगाडी पनि छविका दुई ओटा वैवाहिक जीवन असफल भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्