फेरि कमजोर शाहरुख, ‘जिरो’ फ्लप हुने सम्भावना उच्च



रंगखबर, काठमाडौँ – सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी न्यु इयर’ पछि अभिनेता शाहरुख खानका अधिकाँस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । लगातार फिल्म असफल हुँदा किङ खानको क्रेज घट्दै गैरहेको अनुमान लगाउन जो-कोहिलाई गाह्रो थिएन ।

यो वर्ष रिलिज भएको बहुप्रतिक्षित फिल्म ‘जिरो’ले शाहरुखलाई राहत दिने सबैको अनुमान थियो । तर, रिलिजको पहिलो विकेन्ड पार गर्दा ‘जिरो’ फ्लप फिल्मको सुचीमा पर्ने सम्भावना बढ्दै गैरहेको छ । रिलिज अगाडीको हाइपले गर्दा ‘जिरो’ले विकेन्डमै सय करोडको आँकडा छुने लख काटिएको थियो । तर, कलेक्सन ५९ करोड मात्र पुग्यो ।

विकेन्डमै कमजोर देखिएको फिल्मलाई आगामी दिनमा पनि सजिलो हुनेछैन । किनकी, फिल्मलाई ठिकै भन्नेको जमात ठुलो छ । भने, कमजोर भन्नेको संख्या पनि धेरै नै छ । त्यसैमा फिल्मले दोस्रो सातामा रणवीर सिंह स्टारर ‘सिम्बा’को सामना गर्नु पर्नेछ । पहिलो सातामा पनि कन्नडा फिल्म ‘केजिएफ’ले ‘जिरो’लाई अत्याधिक असर गरिदिएको छ ।

डिसेम्बर २५ तारिख (क्रिसमस)ले फिल्मको कलेक्सनमा केहि राहत दिनेछ । जसले गर्दा सय करोड क्लबसम्मको यात्रा सहज बन्न सक्छ । आनन्द एल राय निर्देशित फिल्मको बजेट २ सय करोड भनिएको छ । जहाँसम्म पुग्न ‘जिरो’को लागि असम्भव छ ।

फिल्ममा शाहरुखका अलावा कट्रिना कैफ र अनुष्का शर्माको पनि मुख्य भूमिका छ । स्मरण, रहोस सन् २०१२ मा रिलिज भएको ‘जब तक हे जान’मा यी तीन कलाकारले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । त्यतिबेला अजय देवगनको ‘सन अफ सरदार’लाई पछार्दै ‘जब तक हे जान’ले बाजी मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्