भारतमा चम्किए रणवीर । चिनमा आमिरलाई झट्का



रंगखबर, काठमाडौँ – साल २०१८ को विदाई स्वरुप प्रदर्शनमा आएको फिल्म ‘सिम्बा’ले घरेलु बक्सअफिसमा कमालको ओपनिङ गरेको छ । रणवीर सिंहको करिअरमा पहिलो दिन सर्वाधिक कलेक्सनको रेकर्ड राख्दै फिल्मले २०.७२ करोड बटुल्न सफल भएको छ ।

यसै वर्ष ‘पद्मावत’द्वारा राखेको ‘फर्स्ट डे’कलेक्सन फिल्मले तोडीदिएको छ । ‘पद्मावत’ले पहिलो दिन १९ करोडको व्यापार गरेको  थियो ।

रोहित सेट्टी निर्देशित फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सबैले ‘सिम्बा’लाई पैसा असुल फिल्म भनेका छन् । दक्षिण भारतीय फिल्म ‘टेम्पर’को रिमेकमा सारा अलि खानको पनि मुख्य भूमिका छ ।

चिनमा पनि कमजोर आमिरको ‘ठग्स अफ हिन्दोस्तान’

आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यहिँ शुक्रबार चिनमा रिलिज भएको छ । घरेलु बक्सअफिसमा ‘डिजास्टर’ फिल्म चिनमा पनि कमजोर देखिएको छ ।

फिल्मले पहिलो दिन १०.७७ करोड मात्र कमाउन सक्यो । आमिरका ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’को तुलनामा ‘ठग्स अफ हिन्दोस्तान’को कमाइ निक्कै कम हो । फिल्मलाई चिन वितरकले सय करोड बढी रकममा खरिद गरेका थिए ।

विजयकृष्ण आचार्य निर्देशित फिल्ममा आमिरका अलावा कट्रिना कैफ, अमिताभ बच्चन, फातिमा सना शेखको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्