दीपिकाले जितिन ‘बिग बोस -१२’को उपाधि, दीपकलाई २० लाख



रंगखबर, काठमाडौँ – भारतीय रियालिटी शो ‘बिग बोस -१२’को ट्रफी दीपिका कक्करले जितेकी छन् । उनले ट्रफीसँगै ३० लाख नगद हात पारिन । दोस्रो स्थानमा श्रीशांतले चित्त बुझाउनु पर्यो ।

अन्तिममा दुवैलाई प्रश्न सोधिएको थियो, ट्रफी कसले जित्नु पर्छ ? दीपिकाले आफुले नै जित्नुपर्ने तर्क राख्दा श्रीशांतले भने दीपिकालाई अंकित गरेका थिए ।

टप ३ मा पुगेका दीपक ठाकुरले सेफ ल्याण्डिङ खोज्दै २० लाख रकम लिएर ट्रफीको रेसबाट बाहिरिएका थिए । २० लाख र ट्रफीको रेस मध्येबाट २० लाख रकम छनोट गरेका दीपकले बहिनिको विवाहको लागि यस्तो निर्णय गरेको बताए । यो रकम विजेताको ५० लाखबाट ४० प्रतिशत काटेर फर्स्ट रनरअपलाई दिइएको थियो ।

टप ३ रेसको दर्शक भोटिङमा दीपकले सर्वाधिक कम भोट पाएका थिए । त्यसैले उनको निर्णय सहि ठहरियो । त्यस्तै प्रतियोगिताको चौथों स्थान रोमिल चौधरीले हाँसिल गर्दा करणवीर बोहरा पाचौँ भए ।

सलमान खानले होस्ट गरेको फिनालेमा प्रतियोगी, निर्देशक रोहित सेट्टी, भारती सिंहलगायतले मनोरंजन दिएका थिए ।

प्रतियोगितामा ओर्जिनल र वाइल्ड कार्ड मार्फत २० जना प्रतिस्पर्धी छानिएका थिए । उनिहरु मध्ये टप ५ प्रतिस्पर्धिले १ सय ५ दिने यात्रा तय गरेका थिए । भने, १ सय २ औँ दिनमा सुरबी राना आउट भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्