टिकटक फोटोकथा: सेलेब्रेटीका कपिक्याट अनुहार



रंगखबर, काठमाडौँ – सन् २०१६ मा जन्म भएको एप ‘म्युजिकल डट ली’ सर्वाधिक लोकप्रिय एपहरुमा पर्छ । अहिले नाम परिवर्तन भएर यसलाई ‘टिक टक’ रुपमा चिनिन्छ । गत २ वर्षमै यसले १ सय ५० देशमा ५ सय मिलियन बढी प्रयोगकर्ता पाइसकेको छ ।

१५ सेकेन्ड लामो भिडियो अपलोड गर्न सकिने ‘टिक टक’, अहिले कुनै पनि क्षेत्रका मान्छेविच बिरानो छैन । नेपाली फिल्म देखि लिएर बलिउडसम्मका सेलेब्रेटी यसका प्रयोगकर्ता छन् । आज हामीले ‘टिक टक’मा भेटिएका केहि नक्कल्ली बलिउड सेलेब्सका बारेमा यो सामाग्री तयार पारेका छौँ । जो दुरुस्तै बलिउड सेलेब्रेटी जस्ता देखिन्छन । जसले आफ्नो मिल्दो अनुहारका कारण हजारौँ, लाखौँ प्रशंसक कमाएका छन् ।

सलमान खानका कपिक्याट शान घोष र नजीम खान

युएईका शान घोष दुरुस्तै बलिउड अभिनेता सलमान खान जस्तै लाग्छन । उनले ‘युजर नेम’ शान बिइङ सलमान राखेका छन् । प्राय: सलमानकै फिल्मी डाइलग र गीतमा ‘टिक टक’ बनाउने घोषका ५ लाख ५७ हजार बढी फ्यान छन् । उनले २२ लाख बढी लाइक पाएका छन् ।

त्यस्तै सलमान जस्तै अनुहार भएका अर्का ‘टिक टक’ प्रयोगकर्ता नजीम खान हुन् । उनि जुनियर सलमान जस्ता देखिन्छन । १४ लाख बढी फ्यान कमाएका नजिमलाई ‘टिक टक’ले ‘पपुलर क्रेटर’को सुचीमा राखेको छ । उनले ६७ लाख बढी लाइक पाएका छन् ।

ऐश्वर्य राय बच्चन जस्तै रामनितु चौधरी

बलिउडकी ऐश्वर्याको सुन्दरतामा जो-कोहि पनि फिदा हुन्छन । राम्री देखिएकी युवतीलाई फुर्क्याउदा ‘कस्तो ऐश्वर्या जस्ती देखिएकी’ भन्ने थेगो नै बनिसकेको छ । सम्भवत: ऐश्वर्य जस्तै अनुहार भएकी युवती भेट्न मुस्किल जस्तै छ ।

तर, ‘टिक टक’मा रमाउने भारतीय रामनितु चौधरी ऐश्वर्य जस्तै देखिन्छिन । उनि प्राय: ऐश्वर्यकै डाइलग र गीतमा ‘टिक टक’ बनाउछिन । जुन भिडियो हेर्दा ऐश्वर्य र रामनितुलाई छुट्टयाउन गाह्रो पर्छ । ३ लाख फ्यान कमाएकी रामनितुले १२ लाख बढी लाइक पाएकी छन् ।

साहिद कपूरका कपिक्याट पुष्कर बहुखंडी

पुष्कर बहुखंडी दुरुस्तै साहिद कपूरको कपिक्याट हुन् । ६ लाख ६५ हजार बढी फ्यान कमाएका पुष्करले प्राय: साहिदकै डाइलग र गीत प्रयोग गर्छन । ‘टिक टक’मा झट्ट उनलाई छुट्याउनै गाह्रो पर्छ । साहिद हो की, होइन भनेर  । उनले ४३ लाख बढी लाइक पाएका छन् ।

शाहरुख जस्ता इर्षद शेख

शाहरुख खान जस्तै अनुहारका इर्षद शेख अह्मेदाबादका हुन् । उनी पनि प्राय: शाहरुख कै डाइलग र गीत प्रयोग गरि ‘टिक टक’का भिडियो बनाउछन् । १ लाख ४२ हजार बढी फ्यान कमाएका इर्षदले ६ लाख २१ हजार बढी लाइक पाएका छन् ।

रणवीर सिंह जस्तै हम्मद शोइब

झप्पक दारी पालेका हम्मद शोइब बलिउड स्टार रणवीर सिंहसँग मिल्न जान्छन । उनको उचाइ पनि उस्तै लाग्छ । २ लाख २८ हजार बढी फ्यानका धनि हम्मदले १२ लाख बढी लाइक पाएका छन् ।

इमरान हास्मीका कपिक्याट मज्दकजान

मज्दकजान बलिउड अभिनेता इमरान खान भन्दा केहि फरक छैनन् । अहिले त उनले ‘टिक टक’मा इमरान हास्मी नाम राखेका छन् । पहिलो पटक मज्दकजानको ‘टिक टक’ हेर्ने जो-कोहिलाई पनि लाग्न सक्छ, इमरानले पनि ‘टिक टक चलाउँदो रहेछन ।

५ सय ९६ हजार बढी फ्यानका धनि मज्दकले १३ लाख बढी लाइक कमाएका छन् ।

सन्नी लिओन जस्तै पूजा मिश्र

भारतकै पूजा मिश्र बलिउड आइटम गर्ल तथा पुर्व पोर्नस्टार सन्नी लिओन जस्तै छिन् । ९ लाख ७२ हजार बढी फ्यान कमाएकी पूजाले ३८ लाख बढी लाइक पाएकी छन् । उनि प्राय: अंग्रेजी डाइलग र गीतमा ‘टिक टक’ बनाएर सार्वजनिक गर्छिन ।

कट्रिना र प्रियंकाको झल्को दिने नतासा स्टानकोविक

कुनै भिडियोमा कट्रिना कैफ र कुनैमा प्रियंका चोपडा जस्तो देखिने नतासा स्टानकोविक ‘टिक टक’ क्रेजी हुन् । पहिलो नजरमा कट्रिना जस्ती देखिने नतासा प्रियंकासँग बढी मेल खान्छिन । उनको ओठ प्रियंकासँग दुरुस्तै मिलन जान्छ ।

३ लाख ८० हजार फ्यानकी धनि नतासाले २५ लाख बढी लाइक बटुलेकी छन् ।

टाइगर श्रोफ जस्तै देखिने एक प्रयोगकर्ता

बलिउड अभिनेता टाइगर श्रोफसँग अनुहार मिलेकै कारण एक ‘टिक टक’ प्रयोगकर्ताले नाम नै ‘बाघी’ राखेका छन् । प्राय: टाइगरकै डाइलग र एक्सन सिन गर्ने उक्त प्रयोगकर्ता ३ लाख ६ हजार बढी फ्यान छन् ।

‘ग्रेट फ्यान अफ सर्टलेस बाघी’ बायो राखेका उनले १५ लाख बढी लाइक पाएका छन् ।

भनिन्छ संसारमा एउटै अनुहारका ७ जना मान्छे हुन्छन । त्यसैले माथि उल्लेखित व्यक्तिहरुका अनुहार बलिउड सेलेब्रेटी मिल्न गए । संसारमा यस्ता हजारौँ अनुहार होलान्, जो विश्वविख्यात व्यक्तिसँग मिल्न जान्छन ।

प्रतिक्रिया दिनुहोस्