भेट्रान अभिनेता कादर खानको निधन



रंगखबर, काठमाडौँ – बलिउड भेट्रान अभिनेता तथा निदेशक कादर खानको निधन भएको छ । कादर क्यानडा, टोरन्टोस्थित एक अस्पातलमा रोगका कारण लडिरहेका थिए । नयाँ वर्ष २०१९ को पहिलो दिन कादरले दुनियाँ छोडे । उनि ८१ वर्षका पुगेका थिए ।

उपचारका लागि २०१७ मा क्यानडा पुगेका कादर अब कहिले पनि देश फर्कने छैनन् । कादरको जन्म सन् १९३७ मा अफगानस्थानको काबुलमा भएको थियो ।

कादर बलिउडका लोकप्रिय कलाकार थिए । विशेष गरि गोविन्दासँग कादरको केमेस्ट्री दर्शकले औधि रुचाएका थिए । ‘दरिया दिल, राजा बाबु, कुली नम्बर १, छोटे सरकार, आँखे, तेरी पायल मेरे गीत, आन्टी नम्बर १, हिरो नम्बर १, राजाजी, नसिब, दिवाना मे दिवाना, दुल्हे राजा, आँखीयौ से गोलि मारे’लगायतका फिल्ममा कादरले खलनायक र बिभिन्न भूमिका निर्वाह गरेका थिए । उनले थुप्रै चर्चित फिल्ममा संवाद पनि लेखेका थिए । कादरले ३०० बढी फिल्ममा अभिनय र २०० बढी फिल्ममा स्क्रिप्ट लेखनको काम गरेका छन् ।

यो पनि पढ्नुस:

कादर खानको निधन अफवाह, छोराले दिए जानकारी

प्रतिक्रिया दिनुहोस्