रणवीर-दीपिकाको ४ वर्ष अगाडीको सम्बन्ध, जो कसैलाई थाहा थिएन !



रंगखबर, काठमाडौँ – दीपिका पादुकोण र रणवीर सिंह यतिबेला नयाँ-नयाँ वैवाहिक जीवनको सुरुवाती घडीमा छन् । १४ र १५ नोभेम्बर इटालीमा विवाह गरेको यो जोडीलाई सुहागरातको पनि फुर्सद मिलेको छैन । विवाह अगाडी दुवैले आफ्नो प्रेमलाई खुलेर स्वीकारेका थिएनन् ।

मिडियामा आउने खबरसँगै दुवै जना वैवाहिक जीवनमा बाँधिए । विवाह भएको करिब २ महिना पछि दीपिकाले सम्बन्धका बारेमा नयाँ खुलासा गरेकी छन् । जुन कुराको खबर कसैलाई पनि थिएन ।

फिल्मफेयर म्यागेजिनमा अन्तर्वार्ता दिने क्रममा दीपिकाले ४ वर्ष अगाडी नै रणवीरसँग इन्जेगमेन्ट गरिसकेको बताएकी छन् । तर, यो खबर नजिकका आफन्त र रणवीरमा मात्र सिमित थियो । ‘इन्गेजमेन्ट’ भएको लामो समय पछि वैवाहिक जीवनमा बाँधीयौं ।’ उनले भनिन् ।

जब रणवीरले दीपिकालाई पहिलो पटक देखेका थिए, त्यति बेलादेखि नै दीपिकालाई प्रेम गर्न थालिसकेका थिए । त्यसको केहि महिना पछि रणवीर दीपिकासँग विवाह गर्न चाहन्थ्ये । दीपिकाले अन्तर्वार्तामा यो पनि बताएकी छन् ‘जब रणवीर अरु नै स्त्रीसँग डेटमा थिए, त्यतिबेला दीपिकासँग फ्लट गरिरहेका हुन्थ्ये । यो कुरा दीपिकालाई विशेष लाग्थ्यो ।

रणवीर अहिले फिल्म ‘सिम्बा’को सफलता र दीपिकासँगको वैवाहिक जीवनको लाभ उठाईरहेका छन् । रिपोर्टका अनुसार यो जोडी छिट्टै नै हनिमूनमा जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्