नयाँ वर्षका दिन एमीले गरिन इन्गेजमेन्ट



रंगखबर, काठमाडौँ – ‘२.०’ फ्रेम्ड अभिनेत्री एमी ज्याक्सनले नयाँ वर्षको दिन इन्गेजमेन्ट गरेकी छन् । प्रेमी जर्ज पनायोटीसँग इन्गेजमेन्ट गरेको फोटो इन्स्टाग्राममा पोस्ट गर्दै एमीले लेखेकी छन् ‘‘जीवनको नयाँ पलको सुरुवात गर्दैछु । म तिमीलाई प्रेम गर्छु । मलाई संसारकै सबैभन्दा भाग्यमानी यूवती बनाइदिएकोमा धन्यवाद ।’

 

लामो समयदेखि प्रेममा रहेका एमी र जर्जले अहिले जाम्बियामा नयाँ वर्षसँगै नयाँ जीवनको खुसियालीमा छन् । दर्जन बढी तामिल फिल्ममा अभिनय गरिसकेकी एमी केहि बलिउड फिल्ममा पनि देखापरि सकेकी छन् । ३१ वर्षका जर्ज व्यापारी हुन् । भने, एमी २६ वर्षकी पुगेकी छन् ।

साल २०१८ बलिउडकर्मीका लागि वैवाहिक वर्ष बन्यो । २०१९ मा पनि धेरै बलिउडकर्मी वैवाहिक जीवनमा बाँधिने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्