ह्याण्डसम पुरुषको सूचिमा परेपछि पूजाले मागिन आकाशका लागि भोट – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- सुष्मिता बम्जनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ ‘बाट नेपाली फिल्म नगरीमा डेब्यु गरेका आकाशले श्रेष्ठले करियरको सुरुवात मै असफलतालाई अङ्गाल्नु परेको थियो, यो असफलता केवल डेब्यु फिल्ममा मात्र लागु भएन उनका अरु दुई  फिल्ममा पनि आकाश असफल नै साबित बनेका थिए । आंचल शर्माको अपोजिटमा फिल्म ब्ल्याकमा र फिल्म ड्रिम गर्लमा आष्मा गिरिसँग देखा परेका उनलाई दर्शकले फेरी पनि ठाडै अस्विकार गरिदिए । लगातार फिल्महरु असफल भएकाले कुनै बिग ब्यानर र चलेका स्टारको अपोजिट काम गर्नु आकाशका लागि अनिवार्य नै थियो । सो मौका भने अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले उनलाई फिल्म रामकहानी मार्फत जुराईदिएका थिए । गत भदौमा प्रदर्शन भएको रामकहानी हिट भएपछि आकाशको करियरले कोल्टे फेरेको छ । चलेकी अभिनेत्री र लभ स्टोरी फिल्म बनाउन माहिर निर्देशक सुरदर्शनले बनाएको फिल्म हिट साबित भै सकेको छ ।

भर्खरै सफलताको स्वाद चाख्न पाएका उनै आकाशलाई अर्को सफलता मिलेको छ। उनि एसियाकै ह्याण्डसम र आर्कषक पुरुषको लिस्टमा पर्न सफल भएका छन् । यसको बारेमा आकासले यसअघि नै जानकारी दिएका थिए तर जुन संस्थाले उनलाई ह्याण्डसम पुरुषको सूचिमा राख्यो उसले भने औपचारिकरुपमा घोषणा भर्खरै गरेको छ  ।

हालै  pinoypower.ph  ले सार्वजनिक गरेको लिस्टमा आकास पनि एसियाकै ह्याण्डसम पुरुषको लिस्टमा परेका हुन् । उसले अनलाईन भोट माफर्त एसियाकै ह्याण्डसम पुरुष रोज्न आग्रह गरेको छ । आकाससंगै उक्त लिस्टमा मलेसिया , थाइल्याण्ड , फिलिपिन्स , जापान , कोरियाका २ र चीनबाट पनि नाम समाबेश छ । एसियाबाट सय जना आर्कषित पुरुषहरु राखिएको छ । जहाँ आकास ग्रुप ५ मा परेका छन् ।

अनलाईन भोटिङ जनवरी २३ सम्म गर्न सकिनेछ । खुसीको कुरा आकास श्रेष्ठ नै अहिलेसम्म भोटिङमा अगाडी रहेका छन् । उता आफनो कोस्टार एसियाकै ह्याण्डसम पुरुषको सूचिमा परेपछि नायिका पुजा शर्माले आकासलाई भोट गर्न आग्रह गरेकीछिन् । आकासलाई मन पराउँने फ्यानहरुको उनलाई यो उपाधी जिताउँनका लागि परिक्षा सुरु भएको पनि चर्चा भईरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्