पाँच फिल्म रिलिज, शिल्पा र वर्षामा कसले मार्ला बाजी ?



रंगखबर, काठमाडौँ – बक्सअफिसमा यो साता २ नेपाली, २ भारतीय र १ हलिउड गरि पाँच फिल्म प्रदर्शनमा आएका छन् । नेपाली ‘भिलेन’ र चौका दाउ’ मैदानमा उत्रिएका छन् । भने, विदेशबाट ‘उरी: द सर्जिकल स्ट्राइक’, ‘पेट्टा’ र ‘म्यारी पोप्पिन्स रिटर्न्स’ छन् । यी सँगै बलिउडको ‘सिम्बा’ले तेस्रो साता तय गरेको छ ।

यो साता रिलिज भएका फ्रेस फिल्मको भिडन्त ‘सिम्बा’सँग रहनेछ । किनकि, तेस्रो सातामा पनि उसलाई अत्याधिक शोज र हल छुट्टयाइएका छन् ।

भिलेन

निखिल उप्रेती र शिल्पा पोखरेल स्टारर फिल्मले एक्सन र सामाजिक कथालाई आत्मसाथ गरेको छ । देवेन्द्र पाण्डे निर्देशित फिल्मले मल्टीप्लेक्समा स्थान नपाएपनि सिंगलका ४५ बढी हलमा प्रदर्शनरत छ ।

फिल्ममा निशा अधिकारी र कपिल खत्रीको पनि मुख्य भूमिका छ । कपिल खत्री र बल बहादुर श्रेष्ठले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा दीपक श्रेष्ठ र सुरज खड्का छन् ।

चौका दाउ

चार अधबैसे पुरुष र एक युवतीको वरिपरि घुम्ने फिल्म ‘चौका दाउ’मा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रविन्द्रा झा र वर्षा राउतको मुख्य भूमिका छ ।

फिल्मले मल्टीप्लेक्समा केहि शोज पाएको छ । भने, सिंगलमा पनि औसत छ । पूर्णत कमेडी फिल्ममा निर्मल शर्मा, अजश्र ढुंगाना र सोनीका केसीको पनि मुख्य भूमिका छ ।

पुर्नेन्दु झा निर्देशित फिल्मलाई शम्भुजित बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत/कथा, रोशन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन र अभिमन्यु निरवीको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्