५ कन्ट्रोभर्सी जसले ऐश्वर्याको फिल्मी करियरलाई नै डुबायो



रंगखबर, काठमाडौँ- चर्चित भारतिय अभिनेत्री ऐश्वर्या राय बच्चन विश्व सुन्दरीको ताज विजेता समेत हुन् । उनले आफ्नो फिल्मी करियरको सुरुवात तमिल फिल्मबाट गेरकि थिइन् भने फिल्म ‘और प्यार हो गया’बाट बलिउडमा प्रवेश गरेकि हुन् ।

पर्दामा मात्रै नभएर पर्दा पछाडि पनि ऐश्वर्या विभिन्न सामाजिक काममा जुटिरहेकी हुन्छिन् । यसरि सबैको लोकप्रिय बनेकी ऐश्वर्या विभिन्न कारणले बेलाबेलामा विवादमा तानिएर समेत चर्चामा आउने गर्दछिन् । ऐश्वर्या र अभिषेक बच्चनको विवाह भएको १० वर्ष पुगिसकेको छ भने उनी एक सन्तानकी आमा समेत बनिसकेकी छिन् । यसअघि ऐश्वर्याको नाम अन्य व्यक्तिसंग समेत जोडिन्थ्यो । जसका कारण उनी बेला बेलामा विवादमा समेत आउने गर्दछिन् । आज हामी तपाईलाई ऐश्वर्यका ५ कन्ट्रोवर्सीका बारे जानकारी दिदै छौ जसले गर्दा उनको फिल्म करियरलाई नै झन्डै डुबाएको थियो

१. सन् १९९९ मा ऐश्वर्या रायले बलिउड स्टार सलमान खानसंग डेट गरिन् । तर सन् २००१ मा आएर दुवैको प्रेम सम्बन्ध टुट्यो । सम्बन्ध नटिक्नुको कारण सलमान एकदमै रिसालु प्रेमी भएको र उनले शारिरिक तथा मानसिक टर्चर दिने गरेको आरोप लगाएकी थिइन् ।

२. सलमानसँग सम्बनध विच्छेद गरेपछि उनले अभिनेता विवेक ओब्रासंग डेट सुरु गरिन् । विवेकले ऐश्वर्याको ३० औ जन्म दिनमा ३० वटा गिफ्ट दिएपछि दुवैको सम्बन्धबारे चर्चा सुरु भएको थियो । विवेकसंग सम्बन्ध जोडिएपछि सलमानले ऐश्वर्यालाई गरेको ४१ मिसकलको चुनौतीबारे विवेकले प्रेस सम्मेलनमा भनेका थिए । जसले उनले आफ्नो करियर नै गुमाउनु परेको थियो । ऐश्वर्याले विवेकलाई अपरिपक्क भन्दै प्रेम सम्बन्ध रोकेकी थिइन् ।

३. अभिषेकसंग विवाह बन्धनमा बाधिएपछि ऐश्वर्याले धुम २ मा अभिनेता रितिक रोशनसंग दिएको किसिङ सिनले उनी परिवारिक विवादमा तानिएकी थिइन् । यस्तै पछिल्लो समय फिल्म ए दिल हे मुस्किलमा उनको अभिनेता रणविर कपुरसंगको किसिङ दृश्यले पनि विवादमा तानिएकी थिइन् ।

४. सन् १९९६ मा स्टार एन्ड स्टाइल नामक म्याग्जिनले ऐश्वर्या राय र अक्षय कुमारलाई एउटा पाचतारे होटलमा रविना टन्डनले रंगेहात पक्राउ परेको खवर छापेको थियो । त्यसपछि ऐश्वर्याले उक्त म्याग्जिनलाई २ करोड भारु फाइन स्वरुप तिराएकी थिइन् ।

५. विवाह अघि ऐश्वर्या राय बारे हल्ला त यस्तो समेत चलेको थियो कि उनको अफेयर विग वि अर्थात ठूला बच्चन अमिताभ संग पनि चलेको थियो । ऐश्वर्याको विवाह भने साना बच्चन अभिषेकसंग भयो।

प्रतिक्रिया दिनुहोस्