तीन कारण: प्रेममा छन् पूजा र आकाश ?



रंगखबर, काठमाडौँ/गसिप – अभिनेत्री पूजा शर्माको फिल्म ‘सम्हालिन्छ कहिले मन’मा अन्तिम समयमा आकाश श्रेष्ठ अनुबन्धित भए । समाचारले मिडियामा राम्रै स्थान पायो । यो जोडी फिल्म ‘रामकहानी’बाट दर्शक माँझ लोकप्रिय बनिसकेको थियो । त्यसैले पूजा र आकाश सँगै हेर्न दर्शक आतुर थिए ।

‘सम्हालिन्छ कहिले मन’मा आकाश भित्रिनुले फिल्मी सर्कलमा ठुलै हलचल पैदा गरिदियो । के पूजा र आकाश प्रेममा छन् ? ‘रामकहानी’ रिलिजदेखि नै यो जोडी प्रेममा रहेको गांइगुँइ नचलेको होइन । तर, दुवै जनाले साथि मात्र रहेको बताउँदै आए ।

केहि कारण छन्, जसले पूजा र आकाशको प्रेम नजिक पुर्याउछ ।

पहिलो, प्रत्येक फिल्ममा नयाँ हिरो खोज्ने पूजाले किन आकाशलाई दोहर्याइन । सुरुवाती फिल्म ‘थ्री लभर्स’ र ‘मेरो बेस्ट फ्रेन्ड’ नै किन नहुन पूजाले अहिलेसम्म एकै अभिनेतासँग दोहर्याएर स्क्रिन शेयर गरेकी छैनन् । सिवाय, सुदर्शन थापाका अलावा । सुदर्शनसँग पूजाले ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ काम गरेकी थिइन् ।

प्राय: फिल्म सुदर्शनको निर्देशनमा गरिरहेकी पूजाको नाम उनैसँग पनि नजोडिएको होइन । ‘मधुमास’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’मा पूजाले फरक अभिनेतासँग काम गरिन् ।

दोस्रो, आकाशले ‘बिर बिक्रम २’ छोड्नुको पछाडी पूजाको पनि हात रहेको बताइन्छ । फिल्ममा नाजिर हुसेनको भूमिका पावरफुल भएपछि आकाशलाई छायाँमा नपर्न पूजाले सुझाव दिएको फिल्मवृतमा चर्चा छ । किनकि, आकाश भन्दा राम्रो अभिनय नाजिरले गर्छन । जुन कुरा फिल्म ‘तिमि सँग’ले प्रमाणित गरिदिएको थियो ।

उसो त अन्तिम समयमा आएर ‘बिर बिक्रम २’को कथा परिवर्तन हुनुलाई पनि आकाश फिल्म छोड्नुको कारण मानिएको छ । आकाशले भने फिल्मको छोड्नुको कारण हजुरबुबा बिरामी बताएका थिए ।

तेस्रो, पूजाका यसअघिका हिरो भन्दा आकाश अलि विशेष देखिन्छन । फिल्म रिलिज पश्चात हिरोसँग मनमुटाव गरिहाल्ने पूजाले त्यो हक आकाशमा लागु गरिनन् । बरु, उनैलाई सपोर्ट गर्दै दोस्रो पटक जोडी बाँध्न तयार भईन ।

एक अनलाइनले एसियाको सेक्सी पुरुषहरुको लिस्टमा आकाशलाई समावेश गरेपछि पूजा उनलाई जिताउन लागि परेकी छन् । उनले आफ्ना फ्यानसँग आकाशलाई जिताउन भोट अपिल गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्