झक्कडलाई चिनाएको ‘कानमा डबल झुम्का’ सार्वजनिक



रंगखबर, काठमाडौँ – ‘नेपाल आइडल’बाट भाइरल भएका झक्कड थापाले उनलाई चिनाउने गीत ‘कानमा डबल झुम्का’ सार्वजनिक गरेका छन् । पश्चिमेली फ्लेवर मिसिएको गीत रमाइलो बनेको छ ।

सुरज थापाको शब्द/संगीत रहेको गीतको भिडियोमा झक्कड पनि फिचर्ड छन् । राजु श्रेष्ठले निर्देशन गरेको भिडियोमा सागरी कार्की, युवराज वस्ती, बिशाल कार्की र करीना तामाङले पनि अभिनय गरेका छन् ।

एक हात शारीरिक रुपमा कमजोर रहेपनि सागरीले मोडलिङ क्षेत्रमा जम्ने उद्येश्य लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्