बलिउडका ४ धोकेवाज प्रेमी



रंगखबर, काठमाडौँ- धोका यस्तो शब्द हो । जसले मानिसलाई तोड्ने गर्दछ । त्यसैले पनि मानिस धोकाबाट सधैं टाढा रहन चाहन्छन् । धोका हमेसा विस्वास गरेकाले दिने गर्दछन् । त्यसैले जहाँ माया हुने गर्दछ, त्यहाँ सँगसँगै धोका पनि रहेको हुन्छ । बलिउड कलाकारमा प्रेम र धोका धेरै देख्न सकिन्छ । बलिउडमा केही यस्ता कलाकार पनि छन् । जसलाई प्रेमीले धोकेबाजको आरोप समेत लगाएका छन् । ती प्रेमी आजको चर्चाको बिषय हो ।

करीना कपूर खान :
चलचित्र ‘जब वी मिट’ को दौरानमा शाहिदको अभिनेत्री करीना कपुरसँग प्रेम थियो । यो सम्बन्ध तीन बर्षसम्म रह्यो । यसपछि बिस्तारै करीना सैफ अली खान र शाहिद अमृता रावसँग नजिकिन पुगिन् । जसको कारण करीना र शाहिद प्रेमीको रुपमा अगाडि बढ्न सकेनन् । त्यसपछि शाहिदले एक सार्वजनिक कार्यक्रममा करीनालाई धोकेबाज समेत भन्न पछि परेन् ।

अक्षयकुमार:
अक्षयकुमार र शिल्पा शेट्टीको केमिस्ट्रीले कयौ चलचित्र र गीत सफल भएका छन् । आज अक्षय बेग्लै जिन्दगीबाट खुसी छन् । तर एक समय शिल्पा अक्षयको छायाँ पनि देख्न चाहन्थिइन् । उनले अक्षयले प्रेममा धोका दिएको आरोप समेत लगाएकी थिइन् । शिल्पाको आरोप थियो ‘अक्षयले प्रयोग गरेर छोडे’ । सार्वजनिक कार्यक्रममा भेटिए भने यी दुबै एक अर्कोसँग कुरा त गर्दछन् । तर खुलेर बोल्न सक्दैनन् ।

रणवीर कपुर:
रणवीर कपुर र कट्रीना कैफको अफियरको किस्सा बिबाह नजिक पुगेको थियो । कट्रीनाको प्रेममा रहँदा पनि रणवीर अर्को अभिनेत्रीसँगको डेटमा रहन्थे । अहिले रणवीर र कट्रीन बीच प्रेम छैन । कट्रीनाले केही पहिले एक अन्र्तवार्ताको क्रममा भनेकी थिइन् ‘रणवीर जस्तो ब्यक्तिसँग सँगै बस्न पनि डर मान्नु पर्छ’ ।

ऐश्वर्या राय:
सलमान र ऐश्वर्या राय बीचको प्रेमको बिषय बलिउड सबै जानकार छन् । चलचित्र ‘हम दिल दे चुके सनम’मा यी दुबैको जोडी निकै रुचाइएको थियो । चलचित्र अभिनय पछि यी दुबै एक अर्काको नजिक समेत रहन पुगे । तर यो नजिकता केही समयमा ब्रेक भयो । ऐश्वर्याले आधिकारीक रुपमा समेत ब्रेकअपको घोषणा गरिन् । एश्वर्याको घोषणाले तनाबमा रहेका सलमानले फोनबाट गाली समेत दिए ।

प्रतिक्रिया दिनुहोस्