‘रणवीर’को स्याड भर्सन गीत सार्वजनिक



रंगखबर, काठमाडौँ- एक्सन, लभस्टोरी फिल्म ‘रणवीर’को दोश्रो गीत सार्वजनिक गरिएको छ । यस अघि एउटा गीत,टिजर र ट्रेलर निर्माण टिमले  प्रचार सामग्री स्वरुप छोडिसकेको छ । हालै सार्वजनिक ‘मान्न चाहन्न ‘ बोलको स्याड भर्सन गीतमा शुशिल सिटौला र स्वपुश्पा भट्टको प्रेम बिछोडलाई देखाईएको छ । हर्कुलस बस्नेत र प्रबिशा अधिकारीको आवाज रहेको उक्त गीतमा शब्द संगीत पनि गायक स्वयम् कै रहेको छ । फिल्ममा सुशील सिटौला र प्रशान्त ताम्राकार, सुवेक्षा खड्का सुपुस्पा भट्ट रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको  अभिनय गरेका छन्।

शिर्ष भूमिका निर्वाह गर्न सुशीलले ६ महिना ‘बडी मेन्टेन’मा मेहनत गरे पश्चात मात्र  सुशील ‘रणवीर’मा परिवर्तन भएको निर्माण पक्षले बताएको छ । ‘रणवीर’बाट सुवेक्षा र सुपुस्पाले डेब्यु गर्दैछन् । प्रेम, मित्रता र बदला बदलाको कथालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा, संवाद र कथा पनि निर्देशक स्वयम्कै रहेको छ । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले फिल्म निर्माणमा महँगो रकम खर्चिएका छन् । फिल्म यहि माघ १८ गतेबाट देशभर प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्