डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले निकाले यस्तो मर्मस्पर्सी गजल – भिडियो



रंगखबर, काठमाडौँ- गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ बोलको नयाँ गजल सार्वजनिक भएको छ। उक्त गजल  गजलकार सुरेश वाग्लेको एकल एल्वम ’तिमी साथ भएपछि’मा समावेस छ। निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ। सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन्।

गजल हेर्नुस:

सार्वजनिक भिडियोमा निर्देशक निकेश खड्काले गायिका अन्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्