गरुड पुराण प्रेस शो: मध्यान्तरमै नाक खुम्च्याउदै निस्किए पत्रकार



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको कमेडी फिल्म ‘गरुड पुराण’ले आइतबार प्रेस शो सम्पन्न गरेको छ । प्रेस शोमा फिल्मका केहि सदस्य र पत्रकार उपस्थित थिए । मुख्य कलाकारको भने शोमा नामो-निशान देखिएन ।

ट्रेलरबाट दर्शक ध्यान केन्द्रित गरेको फिल्मले प्रेस शोमा भने प्रसंशा पाउन सकेन । सिमित मात्रामा उपस्थित पत्रकारहरु ५० प्रतिशत बढी मध्यान्तरमै हलबाट निस्किए । यसअर्थमा फिल्मले दर्शक इन्जेग गर्न सकेन । पुरा फिल्म हेरेर निस्कने पत्रकारले पनि नाक खुम्च्याउनुले ‘गरुड पुराण’ कस्तो रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।

सुवाष कोइराला निर्देशित फिल्मले पैसा/धनको मोहलाई मुख्य कथा बनाएको छ । समग्रमा भन्नु पर्दा फिल्म कथा र पटकथामा अत्यन्तै कमजोर बनेको छ । त्यसमा जबर्जस्ति घुसाइएको कमेडी डाइलग र हाउभाउले, दर्शक मोबाइलको समय हेर्न आतुर हुन्छन ।

फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरालगायतका कलाकारको अभिनय छ ।

सोलो रिलिज फाइदा गुमायो

वर्षेनी सयौँ फिल्म रिलिज हुँदा सोलो रिलिजको अवसर एकाध फिल्मले मात्र पाउँछन । त्यो अवसर ‘गरुड पुराण’ले पाएपनि फाइदा उठाउन चुकेको छ । त्यसै त पब्लिसिटीमा कमजोर देखिएको फिल्म प्रस्तुति, कथानकमा चिप्लिदा सोलो रिलिजको फाइदा उठाउन चुकेको छ ।

आइतबारदेखि फिल्मका हल र शोज संख्यामा उल्लेख्य गिरावट आउने छाँटकाँट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्