आयुषमानको सम्झनामा प्रियंका



रंगखबर, काठमाडौँ – रियल कपल प्रियंका कार्की र आयुषमान देशराज जोशीको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

अन्जु पन्तको अवाजमा सजित गीतको भावबाट प्रियंकाले आफ्नो प्रेमी आयुषमानलाई सम्झेकी छन् । प्रदेश नम्बर १ का रमणीय पहाडी गाउँलाई गीतले पृष्ठभुमि बनाएको छ । गीतको अन्तिममा मात्र आयुषमानको झल्को देखाइएको छ ।

महाराज थापाको शब्द,संगीत रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् ।

जेठ ३ गते रिलिज हुने फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । उनको पछिल्लो रिलिज ‘राधा’ थियो । योगेशका प्राय:फिल्म बक्सअफिसमा एभरेज हुने गर्दछन ।

फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्रीकृष्ण लुइँटेल, विशाल खरेलको पनि अभिनय छ । विशालले यहि फिल्मबाट नेपाली रजतपटमा पाइला टेक्दैछन् ।

संजय न्यौपाने निर्माता रहेको फिल्मका सह-निर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्