रवि लामिछाने र निकिताले गरे कानुनि विवाह



रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेल र पत्रकार रवि लामिछानेले कानुनी विवाह गरेका छन् । रबिले सोमबार विवाह गरेको फोटो सामाजिक संजालमा पोस्ट गरेका छन् ।

परिवार, नजिकका नातेदारको छलफलमा दुवै जनाले कानुनी रुपमा विवाह दर्ता गरेको उनले उल्लेख गरेका छन् । २५ वर्षे लामो वैवाहिक जीवन केहि साता अगाडी मात्र त्यागेका, रविले निकितासँगको प्रेम सम्बन्धका कारण मिडियामा आएका खबरले दुवैजनालाई मानसिक तनाव भएको लेखेका छन् ।

आफ्नो भोगाइ र सोचाइ मिल्ने भन्दै रविले सबैबाट सफल दाम्पत्य जीवनको शुभकामना दिन आग्रह गरेका छन् । उनले आगामी वैशाखमा विवाह गर्नेसमेत खुलाएका छन् ।

पहिलो श्रीमतीसँग डिभोर्स भएलगतै निकिता र रविका प्रेम सम्बन्धका बारेमा आएका खबरलाई दुवैले खण्डन गरेका थिए । तर, साता दिन नबित्दै दुवै जनाले सरप्राइज विवाह सम्पन्न गरे ।

प्रतिक्रिया दिनुहोस्