डा. डीआरका एकै पटक ७ एल्बम विमोचन



रंगखबर, काठमाडौँ – नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायले आफ्ना ७ एल्बम एकै पटक विमोचन गरेका छन् । साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष तथा निर्देशक चुनिलाल घिमिरे र थुप्रै ख्यातिप्राप्त साहित्यकारहरुले उपाध्यायका ७ एल्बम विमोचन गरेका हुन् ।

एल्बम विमोचन कार्यक्रममा डा. डीआर उपाध्याय, सुरेश घिमिरे ‘निश्चिन्त’, कृष्ण भुसाल, नवीन सुब्बा, सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, गीता अधिकारी र सुनिता खनाल तथा सिक्किमका स्रष्टा प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ ‘लोहोरो’ र निलम न्यौपानेलाई विशेष सम्मान पनि गरिएको थियो ।

उपाध्यायले ७ ओटा एल्बम विमोचनले संगीतद्वारा सामाजिक परिवर्तनको आवाज बुलन्द गर्ने आशा व्यक्त गरे । कार्यक्रममा बिभिन्न स्रष्टाले नेपाल र सिक्किमको कला संस्कृति, भाषा, संगीतका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्