‘भारत’मा सलमानका अनेक रुप, दमदार इन्ट्रीसहितको टिजर



रंगखबर, काठमाडौँ- सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’को टिजर रिलिज भएको छ । अलि अब्बास जफर निर्देशित फिल्मको टिजरमा सलमानका थुप्रै अवतार प्रस्तुत गरिएको छ । दमदार संवादका साथ सलमानको इन्ट्री हुँदा उनलाई रकस्टारको अवतारमा देखिएका छन् । उनि फिल्मको शिर्ष भूमिकामा छन् ।

१ मिनेट २६ सेकेन्ड लामो टिजरमा सलमानलाई मात्र प्रस्तुत गरिएको छ । जहाँ मुख्य कलाकार कट्रिना कैफ, सुनिल ग्रोवर र दिशा पटानीलाई कुनै स्थान छैन । अलिको सलमानसँग यो लगातार तेस्रो सहकार्य हो । यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’मा यी दुईको सहकार्य थियो । जुन दर्शकले औधि रुचाएका थिए ।

‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’मा आधारित रहेको बताइएको छ । आगामी इदमा रिलिज हुने ‘भारत’मा वरुण धवनको केमियो भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्