सलमान र ऐश्वर्य फेरी आमने-सामने



रंगखबर, काठमाडौँ-  बलिउडमा सलमान र ऐश्वर्यको जोडीको चर्चा अहिले पनि हुने गर्दछ । यी पुर्व प्रेमी प्रेमिका प्राय: सार्वजनिक कार्यक्रममा एक अर्काको आमने-सामने पनि नभएका हैनन् । हालै मात्र यी दुई फेरी आमने सामने भएका छन् । 

बलिउडका चर्चित निर्देशक सुभाष घईको जन्मदिनको पार्टीमा बलिउड कयौं सेलिब्रेटीहरु देखा परेका थिए । त्यसै माझ सलमान र बच्हन परिवार पनि उपस्थित थियो । सधै जस्तो यो पार्टीमा पनि यी दुईले एकार्का प्रति दुरी नै राखेका थिए । भारतीय मिडियाका अनुसार सुभाष घईको उक्त पार्टीमा दुवै जनाको इन्ट्री छुट्टाछुट्टै नै थियो र एक अर्का प्रति नजर सम्म जदाउन चाहेका थिएनन । 

फिल्म ‘हम दिल दे चुके सनम’बाट सुरु भएको यी दुईको लभ स्टोरी केहि वर्ष पनि टिक्न सकेन । ब्रेक अप भए पछि ऐश्वर्यले आफुलाई सलमानले कुटपिट गर्ने गरेको आरोप सम्म लगाएकी थीइन ।  सो फिल्म नै दुईको पहिलो र अन्तिम फिल्म बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्