‘उरी’ले उछिन्यो ‘बाहुबली २’को कमाई



रंगखबर, काठमाडौँ – जनवरी ११ मा रिलिज भएको फिल्म ‘उरी – द सर्जिकल स्ट्राइक’ले घरेलु बक्सअफिसमा जादुयी व्यापारलाई निरन्तरता दिइरहेको छ । रिलिजको २४ औँ दिनसम्म आइपुग्दा ‘बाहुबली २’को रेकर्ड तोड्न सफल भएको छ ।

२३ औँ दिनमा ६.५३ लाख कमाई गरेको फिल्मले २४ औँ दिनमा ८.७१ लाख कमाउन सफल भयो । रिलिजको २३ र २४ औँ दिनमा सर्वाधिक कलेक्सन गर्ने ‘बाहुबली २’लाई यसले पछाडी छोडीदिएको छ । हिन्दी भर्सनमा ५ सय करोड माथिको व्यापार गरेको ‘बाहुबली २’ले यी दिनमा क्रमस ६.३५ र ७.८० करोड बटुलेको थियो । 

विक्की कौशल स्टारर ‘उरी’ले २४ औँ दिनसम्म घरबाट मात्रै १८९.७६ करोड कमाई गरिसकेको छ । ४२ करोडको बजेटमा निर्मित फिल्मले चौथों साता भित्रै २ सय करोडको आँकडा छुनेछ । 

आदित्य धर निर्देशित फिल्मले पहिलो साता ७१.२६, दोस्रो साता ६२.७७, तेस्रो साता ३७.०६ र चौथों विकेन्ड १८.६७ करोड बटुल्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्