सायद अब हाम्रो भेट हुँदैन होला – प्रेम दिवश विशेष



“सायद अब हाम्रो भेट हुँदैन होला !”
छुटिँदै गर्दा तिमीले भनेका यी शब्दहरु , मेरो जिन्दगीको हरेक गतिलाई परिवर्तन गरिदिएका छन ! तिमीले सायद भनेका थियौ ,अब लाग्दै छ तिम्रो र मेरो भेट कहिल्यै हुँदैन होला ! जब बाटोहरु परिवर्तन हुन्छन , गन्तबयहरु फेरिँदै जान्छन अनि सपनाहरु छुट्टिँदै जान्छन कसरी भेट होला र है सानू ? अचम्म लाग्छ तिमी र म कसरी साथी भयौँ कसरी बोल्न सुरु गर्यौँ र कसरी यति धेरै नजिक भयौँ , कसरी यति धेरै माया गर्थ्यौ एक अर्कालाई अचम्म त तिमीलाई नि लाग्छ होला !
कलेज जाने पहिलो दिन ! त्यस्तो धेरै उत्साह नि थिएन , त्यस्तो धेरै उमंग नि थिएन ! स्कुल पढ्दाका धेरै साथिहरु कलेजमा पनि सँगै भएर नि हुन सक्छ सायद !


बिहानको कलेज ! बिहान पढ्नेलाई निद्रा भन्दा प्यारो अरु के नै हुन्छ होला र ! तर के गर्नु पढन नगएर नि भएन ,आफूलाई निद्रा भनेपछी जहाँ पनि लाग्ने ,बसमा , कतै साथिभाई सँग फिल्म हेर्न जाँदा जता ततै ! निद्रा र तिमी बराबर प्यारा थियौ ! बिहान ६:३० बाट कलेज को क्लास सुरु थियो , ब स आउँथ्यो लिन ६ बजे ! एक मिनेट ढिला भए नि छोडेर जान्थ्यो ! बिहान अर्लाम १०-१२ ओटा राख्थेँ , उठन चाहिँ ५:५० मा उठेर तयार भएर बस चढ्न लाग्थेँ ! केटा मान्छे तयार हुन धेरै समय नै नलाग्ने !


घरमा एक्लै बस्ने भएकाले उठाउने पनि कोहि हुँदैनथ्यो, बरु प्राय जसो , ममीले उठाइदिनु हुन्थ्यो फोन गरेर ! प्राय मेरो दिनको सुरुवात ममीको स्वर सुनेर हुने गर्थ्यो !
कलेजको पहिलो दिन थियो बसमा खासै केही वास्ता गरिनँ सरासर बसबाट झरेर क्लास तिर लागेँ ! स्कुल पनि त्यही भएकाले खासै केही वास्ता नै लागेन त्यही वातावरण , त्यही ठाउँ त्यसैले जुन उमंग हुनु पर्ने थियो त्यस्तो केही पनि थिएन ममा ! सरासर गएँ क्लास पुगेँ !
धेरै स्कुल पढ्दाका अनुहारहरु नै थिए ! मेरो बेस्ट फेर्न्ड पनि थियो ! पुग्नासाथ हल्ला सुरु भै हाल्यो ! नानी देखि लाग्या बानी के छोडिन्थ्यो ! अझ धेरै पुराना साथिहरु नै भएकाले मलाई हल्ला गर्न कुनै कुराले रोकेन !


६:३0 भयो सर कोठाभित्र छिर्नु भयो ! जुलोजी पढाउने सर हुनुहुँदो रहेछ !
सर आएर सबैको परिचय सुरु गर्नु भयो ! मेरो साइडको बेन्च खाली थियो ! पहिलो दिन भएकाले नि होला सायद ! कमै थियो विद्यार्थी संख्या ! सर कक्षा मा पस्नु भएको केही बेरमा ढोका ढक् ढक भयो ! ढोका नजिकै भएको साथिलाई ढोका खोल्न लगाउनु भयो ! सुरुमा त केही वास्ता गरिनँ !
छोटो छोटो कर्ली कपाल , हल्का गाजलमा चम्किएका ती ठुला ठुला आँखा , मिलेको ओठ , हेर्दै अलि चुलबुल पाराकी , अलि छोटो हाइट, ढोकामा उभिएकी उनीलाइ
देखेर मनले भन्दै थियो “सि इज जस्ट बिउटीफुल !”………!

छोटो छोटो कर्ली कपाल , हल्का गाजलमा चम्किएका ती ठुला ठुला आँखा , मिलेको ओठ , हेर्दै अलि चुलबुल पाराकी , अलि छोटो हाइट, ढोकामा उभिएकी उनीलाइ
देखेर मनले भन्दै थियो “सि इज जस्ट बिउटीफुल !”
कोहि कसरी यति बिधि राम्री हुन सक्छ के ! मनले यो पनि सोच्दै थियो ! तर मलाई यस्तो गरि अँह कोहि पनि मन परेको थिएन , थाहा थिएन उसमा त्यस्तो के थियो मेरो मन पनि आकर्षित भयो ! सोचेको पनि थिइन मलाई पनि कोहि मन पर्छ ! पहिलो दिन भएर होला ढिला भए पनि सरले केही नभनी उनलाई भित्र पस्न दिनु भयो ! अरु धेरै सिट खाली थिए तर ऊ मेरो सिट नजिकै रहेको खाली सिटमा आएर बसिन ! संयोग हुनु पर्छ ! कसैसँग पनि बोल्न र परिचय गर्न नलजाउने म ,उसलाई देखेर ,ऊ नजिकै बस्दा आफैँलाई लाज लागिरहेको थियो , मुख रातो रातो भइ रहेको थियो ! म उसँग किन लजाउनु पर्यो ? सबैको परिचय दिँदै जाँदा उसको पनि पालो आयो ! ऊ उठिन र एक्दमै कन्फिडेन्स्का साथ बोलिन , ” हाइ एभ्री वान आइ एम दिया एन्ड आइ एम फ्रम झापा ! माइ एम इज टु बि म्याथम्याटिक्स प्रोफेसर !” बाफ्रे उसको त्यो बोलिमा शक्ति म अचम्म मा परे !


दिन बित्दै गए ! ऊ मेरो साइडको सिटमा बस्न थाली जहिल्यै !कलेज सुरु भएको १०-१५ दिन भइ सकेको थियो तर आज सम्म उसको र मेरो बोलचाल भएको थिएन ! न उसले नै बोलाएकि थिइ न मैले नै ! बल्ल पढाइ राम्रो सँग सुरु हुँदै थियो ! अब लगभग सबै रेगुलर कलेज आउन थालिसकेका थिए ! अलि अलि नंयाँ साथिसँग परिचय भइ सकेको थियो ! एकदिन कलेज ब्रेक पछि इङलिस पिरियड थियो तर म्याम आइसक्नु भएको थिएन ! “हेलो मिस्टर ” यस्तो आवाजले म जस्याङ्ग भए ! उसले बोलाएकी रहिछ ! अलि आत्तिँदै फर्काएँ ” ह.. ह् हजुर !” मेरो आँखामा आँखा मिलाएर बोल्न सुरु गरि ,” आफ्नै साइडमा नयाँ साथि छ परिचय गर्नु पर्दैन है ? कि सधैँ यतिकै बस्ने बिचार छ कालु ह्यान्डसम ! ” हैट मलाई के बोलौँ के बोलौँ आएन ! सायद जिवनमा पहिलो पटक सब्दबिहीन भएँ म ! त्यही पनि हिम्मत गरेर बोलेँ ” म बोलाउने वालामै थिएँ ! तिमीले बोलाइ हाल्यौ ! हाइ म आभास ! घर ललितपुर ! स्कुल यहीँ पढेको ! आइ एम इन्ट्रेस्टेड इन लिट्रेचर ! ” यति बोल्नै धेरै गार्‍हो पर्यो मलाई !


एक्छिनमा बोली “मलाई तिम्रो नम्बर देउ ल म भाइबरमा ए्याड गर्छु !” अरे सिधै नम्बर म अचम्म मा परेँ ! त्यही पनि केही नभनी दिए ! बेलुका घर गएँ ! म पुग्दा एउटा नयाँ नम्बरबाट भाइबरमा मेसेज आएको देखेँ
खोलेर हेरेँ
“ओ कालू ह्यान्डसम यु लुक गुड ! मलाई तिमी राम्रो लाग्यो ! फेरि प्रपोज गरि भनेर मख्ख नपर नि ! तिम्रो बानी राम्रो लाग्यो भनेको……..

ओ कालू ह्यान्डसम यु लुक गुड ! मलाई तिमी राम्रो लाग्यो ! फेरि प्रपोज गरि भनेर मख्ख नपर नि ! तिम्रो बानी राम्रो लाग्यो भनेको ! पहिलाको कुराले मख्ख परेको म अन्तिम वाक्यले निरास पारिदियो ! दिया ईज टाइपिङ देखाइरहेको थियो , मेसेज आयो , ओ मेरो कालू आजको म्याथको होम्वर्क हरि सक्यौ होला त्यो पठाउ अनि आज फिज्क्स को नोट लेखाइ रहँदा म सुतिरहेको थिएँ त्यो पनि पठाइदेउ है ! ल म अहिले गएँ ! टेक केयर ! साँच्चै अचम्मकी थिइ ऊ ! न राम्रो सँग चिनेको न त क्लासमा राम्रोसँग बोलेको नै ! त्यही पनि उसको यस्तो कुरा सुनेर साँच्चै चकित थिएँ म ! त्यही पनि होमवर्क सकेर पठाइदिएँ सबै ! बेलुका मेसेज गरि थ्याङ्क यु ल ! सि यु टुमरो इन कलेज गुड नाइट !
दिन बित्दै गए ! उसको झन नजिक हुँदै गएँ म ! क्लासमा खासै कुरा त हुँदैनथ्यो तर भाइबरमा एकदमै बोल्थ्यौँ हामी ! उसको हरेक कुराले मलाई असर पार्न थालेको थियो भन्छन नि “मनको करिव जो हुन्छ नि उसका हरेक कुराहरुले असर गर्छ ” ! त्यस्तै हुन थालेको थियो मलाई ! उसको हरेक कुरा जान्न मन लाग्थ्यो , के गर्यौ , कता गयौ , के खायौ , सबै सोध्थेँ म ! मैले नसोधे पनि उसले आफैँ भन्थी ! आज यो सँग यस्तो भयो ऊ सँग यस्त्तो ! सबै भन्थी ! भनौँ हरेक कुरा सेयर गर्थी ! म पनि सबै कुरा भन्थेँ ! पहिलो पटक जिन्दगीमा यसरी नजिक भएको थिएँ कसैसँग !
ऊ र म नजिक थियौँ यो कुर मेरो स्कुलदेखी को साथिले थाहा पाएको रहेछ ! “के हो हँ त्यो सँग खुब मस्किन्छस त क्लास मा ! के हो हाम्रो त्यस्तो लाटो आभास पनि कसैसँग के हो हँ के हो ! ” एकदिन खाजा खाँदै गर्दा यस्तो भन्यो त्यसले ! केटोले मनकै कुरा भन्दियो ! तर उसको अघि त भन्न भएन ! कुरा टाल्दै बोलेँ ,”टपर हरु बढी बुझ्छब तँ पनि त्यही भाको हो बुझिस आँपे ! ” चुप लाग्यो यति भनेसी !


एक दिन खाजा खाने समय लगबग सकिइ सकेको थियो , तर ऊसलाई क्यासमा देखिन ! एकछिन म हाँस्दै साथिहरु सँग आइपुगी , ब्लेजर फुकालेर आइछ ! आच्छु यस्तो जाडोमा ! निथ्रुक्कै भिजेकी रहिछ ! क्यान्टीनमा साथिहरुसँग चल्दा पानी उसको जिउमा पोखिएछ ! मैले भित्र स्वेटर बाहिर ब्लेजर लगाएको थिएँ ,ब्लेजर खोलेँ र भने लगाउ ! उसले अलि मानिन , सायद अप्ठ्यारो लाग्यो उसलाई ! मैले धेरै कर गरेपछी समाइ मैले दिएको ब्लेजर ! क्लासका सबै कराउन थाले हामी तिर हेरेर “ओ……….हो……” के निउँ पाउँ भएको बेला मा त्यस्तो भयो !
अब ऊ एकदिन कलेज आइन भने सुनसान लाग्न थालेको थियो ! त्यो दिन पढाइ भएको सबै पठाइदिन्थेँ उसले नमागे पनि !


पुषको अन्तिम थियो , उसको जन्मदिन पर्थ्यो पुषको अन्तिम दिन ! एकदिन त्यस्तै कुरा हुँदै गर्दा उसले आफ्नो जन्म दिन भनेकी थिइ मैले फर्स्ट विस गर्छु भनेको थिएँ ! अलि राम्रो शुभकामना लेखेको थिएँ उसको लागि भनेर ! ठ्याक्कै बार्ह बजे विस गरेँ ! एइछिनमा उसको टाइमलाईनमा एउटा पोस्ट देखेँ , जुन पढेर मन खल्बल्लियो लेखिएको थियो “डियर …………

ठ्याक्कै बार्ह बजे विस गरेँ ! एइछिनमा उसको टाइमलाईनमा एउटा पोस्ट देखेँ , जुन पढेर मन खल्बल्लियो लेखिएको थियो “डियर ! माइ लभ !❤️❤️ स्पेसल डे फर मी इट्स योर बर्थ्डे ! सधैँ खुसी रहनु ! धेरै कुरा फोनेमा भनिसकेको छु अनि मेसेजमा लेखिसकेको छु त्यसैले धेरै लेख्न चाहिनँ ! स्टे ब्लेस्ड ! योर मुटु लभ्स यु अ लट !😘😍 ”
होस गुमाएको जस्तो भएँ यती पढेर ! छोटो समयमा कसैबाट पनि धेरै कुराको आशा गर्नु हुँदैन भनेको साँचो साबित भयो !ऊ बाट कति धेरै आशा गरेको थिएँ , उसको लागि कति धेरै सपनाहरु देखिसकेको थिएँ , उसकै लागि के के गरिन ! आफ्नै साथिहरुलाई इग्नोर गर्थेँ कहिलेकाही ! उसले पनि मलाई त्यति नै माया गर्थी होला झैँ लाग्थ्यो ! उसको ब्यवहारले हो जस्तो पनि लाग्थ्यो ! साँच्चै भन्ने हो भने रिलेसनमा नभए पनि त्यो भन्दा बढी थियौँ हामी जस्तै लाग्थ्यो !
क्षणभरमा नै सबै कुराहरु सिसा झै टुक्रीए ! बिझाउन थाले त्यही सिसाका टुक्राले ! मुटु काप्न थाल्यो , टाउको भारी भएर आयो ! एकैछिनमा उसले मेसेज गरि ! लेखेकी थिइ ,”आभास आइ एम सो ह्याप्पी आज ! कति बेला तिमीलाई सुनाउँला झैँ भएको थियो ! तिमी न छौ जे भए पनि सेयर गर्ने ! हेर न आभास मेरो राजा , मेरो मुटु , मेरो प्राणले मेरो बर्थ्डे को दिन १२ बजे विस गर्यो ! मैले त सोचेको पनि थिइन उसले त्यति बेला सम्म मेरो लागी बसेर विस गर्छ भनेर ! नसोचेको कुरा गर्यो उसले ! कति खुसी छु भनेर भन्न नि सक्दिन आभस ! कती प्यारो छ नि ऊ मैले तिमीलाई आज भन्छु भनेर बसेको थिएँ ! ”


उसको मेसेजले थाहा छैन किन आँखाबाट खसेका आँसु मोबाइलको स्क्रीनमा गएर पोखिए ! साना साना कुरा ले असर गर्थ्यो मलाई ! भावुक थिएँ ! लेखेँ ,” ओहो ! म पनि तिमीलाई खुसी देख्न जो चहान्छु सधैँ यस्तै हुनु तिमीहरु दुइजाना ! सुहाउँदो छ तिमीहरुको जोडि ! अघि आकाशकी प्रोफाइल हेरेको थिएँ ह्याण्ड्सम छ , गुड लुकिङ छ सायद मनको पनि राम्रो होला !”
उसले केही समय लगाइ र रिप्लाई गरि , ” ऊ बोलेको पनि मन पर्छ , ऊ हाँसेको पनि मन पर्छ , उसको हरेक बानी मन पर्छ , उसको हरेक कुरा मन पर्छ ,ऊ दुखी हुँदा रुन मलाई आउँछ ! मनको पनि उतिकै प्यारो छ आभास ऊ जति अनुहारको छ ! फोटोमा भन्दा धेरै प्यारो छ साँच्चैमा ! ऊ भएन भने त म बाँच्न सक्दिन होला आभास ! त्यति आफ्नो बनाएको छ उसले मलाई ! ”
उसकी मेसेज पढ्दै गर्दा आँसुहरु रोकिएका थिएनन झन थपिँदै थिए , आखाहरु झन रसाउँदै थिए! आफूले प्रेम गरेको मान्छेले उसको प्रेमीको बारे भन्दै थियो म कसरी सम्हालिन सक्थेँ र !
मेसेज लेखेँ “ए ए !”
उसले फेरि केही समय पछि रिप्लाई गरि ,”आभास ऊसँग म भेटाउँछु तिमीलाई !……….

आफूले प्रेम गरेको मान्छेले उसको प्रेमीको बारे भन्दै थियो म कसरी सम्हालिन सक्थेँ र !
मेसेज लेखेँ “ए ए !”
उसले फेरि केही समय पछि रिप्लाई गरि ,”आभास ऊसँग म भेटाउँछु तिमीलाई ! तिमी पनि खुसी हुने छौ ऊ सँग भेटेर ! तिमी जस्तै बुझ्ने छ आभास ऊ ! तिमी जतिकै प्यारो छ ! ”
टाउको भारी भयो एक्कासि , आँसुहरु निरन्तर बगिरहेका थिए, मुटु स्थिर थिएन ! धेरै पटक स्क्रीनमा पोखिए आँसुहरु ! म अरुलाऐइ हौसला दिने मान्छे आज आफैँ बिचलित भइ राखेको थिएँ आफैँलाई सम्हाल्न सकिरहेको थिइनँ !
जिन्दगीमा पहिलोपटक कोहि यति धेरै मन परेको थियो , जिन्दगीमा कोहि पहिलोपटक यसरी नजिक भएको थियो , जिन्दगीमा पहिलोपटक कोहि यति विधि प्यारी लागेको थियो ! प्रेम भएको थियो मलाई ! आभासलाई पनि प्रेम भएको थियो ! प्राय प्रेम कहानीहरु अधुरा नै रहन्छन , मनमा भएका सबै मान्छेहरु जिन्दगीमा कहाँ हुन्छन र ? धेरै सुनेको थिएँ अनि धेरै पढेको थिएँ तर आज बल्ल आफैँले भोगेँ ! आफैँले बुझेँ कति पीडा हुन्छ भनेर!
आँसु पुछेँ र रिप्लाई गरेँ ,”हुन्छ भेटौँला नि ! दिया सुतेको ल म निद्रा लाग्यो गुड नाइट , आफ्नो ख्याल गर फेरि पनि जन्म दिनको शुभकामना !”


उसको रिप्लाई आएको थिएन ! भाइबरमा उसलाई त्यति मेसेज गरेर फेसबुक खोलेँ , केही स्याड कोट्सहरु सेयर गरेँ ! अनि “सबै प्रेम कहानीहरु पूरा हुँदैनन ” यो पोस्ट आफैँ पोस्ट गरेर सुतेँ ! १ बजिसकेको थियो यतिबेला सम्म ! निद्रा थिएन! जे हुँदा पनि आमालाई सम्झिने गर्थेँ म ! कौसीमा गएँ तारा हरु हेर्दै कौसीमा एक्लै बस्न खुब मन पर्थ्यो मलाई ! २ घन्टा यतिकै बिताएँ गित सुनेर ! कौसीमा ! तल झरेँ ! सुतेँ ! बिहान उठेर कलेज गएँ ! मलिन थियो अनुहार ! कसैसँग बोल्न मन पनि थिएन ! आज उसको साइड बेन्चमा बसिन म ! लास्ट बेन्च खाली थियो , त्यहीँ गएर बसेँ , साथिहरु ले सोध्दै थिए, त्यति धेरै बोल्ने आभास आज किन शान्त , के भएछ ! मैले केही हैन भनेर थर्काइदिएं ! झर्किन मन लाग्थ्यो जोसँग बोले पनि ! ऊ मेरो धेरै पटक नजिक आउन खोजी तर म जति नजिक आई उति उबाट टाढा बस्न खोजेँ ! दिउँसो घर फर्किने बेलामा उसले मेरो लागि भनेर डेरी मिल्क ल्याइदिएकी रहिछ ! दिई मैले गार्‍हो गरेर लिएँ र भने “थ्याङ्क यु!”


दिउँसो घर पुगेर फेसबुक खोलेँ , मैले बेलुका गरेको पोस्टमा कमेन्ट गरेकी रहिछ ,”आभास के भयो किन यस्तो पोस्ट गरेको ? आर यू ओके ? ”
भाइबर मेसेन्जर जताततै मेसेज गरिछ “के भयो तिमीलाई क्लासमा नि उदास थियौ, बोल्दा नि बोलेनौ राम्रो सँग, मसँग सेयर गर न के भयो? ”
“केही हैन ठिक छु !” रिप्लाई दिएँ अफ भएँ !
केही दिन यतिकै बिते !उसको जन्म दिन को ४ दिन पछि ऊ ३-४ दिन लगातार कलेज आइन ! फोने अफ थियो ! अन्लाईन नि थिइन ! कलेज रेगुरल आउने मान्छे आज के भएछ अचम्ममा परेँ ! उसले जसलाई माया गरे नि अझै उतिकै माया लाग्थ्यो उसको जति पहिला लाग्थ्यो !राम्रोसँग नबोले पनि अझै उति नै ख्याल गर्न मान लाग्थ्यो ! पहिला देखाउँथेँ अब देखाउन मन लाग्दैनथ्यो !
कलेज न आएको ४ दिन पछि उसले फोन गरि ,”दिया” सेभ गरेको थिएँ नम्बर !
उठाएँ ! केही बोलिन धेरै बेर ! भन न के भयो किन कलेज न आको ? बारम्बार सोधेँ ! बोलिन फोन काटिदिइ !अनि आफैँ गरेँ ! …………

कलेज न आएको ४ दिन पछि उसले फोन गरि ,”दिया” सेभ गरेको थिएँ नम्बर !
उठाएँ ! केही बोलिन धेरै बेर ! भन न के भयो किन कलेज न आको ? बारम्बार सोधेँ ! बोलिन फोन काटिदिइ !अनि आफैँ गरेँ ! .उठाइन !
मन नै कस्तो कस्तो भयो ! अस्ति बेक्कारमा त्यस्तो व्यवहार गरेछु जस्तो लागिरह्यो ! फेरि गरेँ अहँ उठाइन ! बारम्बार गरिरहेँ बल्ल उठाइ !
बोलेँ ,”के भयो भन न दिया ? किन फोन न उठाएको ? चार दिन भै सक्यो कलेज पनि आएकेव छैनौ ! सन्चै त छौ ? के भयो केही त बोल ! ”
एकछिन केही उत्तर आएन ! धेरै बेर पछि सुँक्क सुँक्क आवाज सुनेँ ! रोएकी रहिछ ! थाहा पाइहालेँ ! “किन रोएकी दियु? के भयो भन न ! म सँग नि भन्दुनौ तिम्रो साथी अभासलाई नि भन्दिनौ ? ”
उसले बोलि ,”आभास ! बाबा !” बस यति बोली अनि रुन थालि ! अब म पक्का भएँ केही पक्कै भएको छ ! ऊ भन्ने गर्थी बाबा बिरामी हुनुहुन्छ कहिलेकाही हस्पिटल लगि राख्नु पर्छ ! बिरामी भएर यो पाली नि हस्पिटल लगेको होला सोचेँ !
“‘बाबा बिरामी हुनु भयो हो ? कहाँ छौ तिमी ! के भयो बाबालाई ?” सोधेँ !
“हि इज नो मोर विथ अस आभास ! “रोएर बोली !
बोली रोकियो मेरो ! गला अबरुद्ध नै भएको जस्तो भयो ! सकिङ खबर थियो ! आँखा अघि अनेक कुरा खेल्न थाले !


मैले केही बोल्न नपाउँदै उसले रुँदै भनी ,
“आभास ! बाबाले छोडेर जानू भयो मलाई ! मेरो पहिलो माया , हि इज माइ फर्स्ट लभ आभास ! अब कसरी बाँच्नु म ! मेरो भाइलाई कसले हुर्काउँछ अब ? मेरी ममीलाई कसले माया गर्छ आभास अब ! म एक्ली भएँ मेरो परिवार एक्लो भयो आभास !”
उसका हरेक शव्दहरुमा पीडा थिए! म पनि रुन पुगेछु ! अँह म केही बोल्न सकिन ! के भन्नू के गरि दियालाई सम्हालौँ केही सोच्नै सकिन!
ऊ रुँदै थिई ! उसको आँखाको आँसु देख्न नसक्ने म आज उसलाई यस्तो अवस्थामा पाएँ !
” म कति अभागी है आभास! म कति अन लक्की ! यति सानैमा बाबाले छोडेर जानू भयो! अब भोलिदेखी कसले मलाई नानू भन्छ , कसले मलाई माया गर्छ , कसले साथ दिन्छ आभास मेरो बाबाले जसरी ! ”
मैले सम्झाउनु पर्छ उसलाई जस्तो लाग्यो ! आँसु पुछेर बोलेँ ,” मान्छेको जीवन कति बेला के हुन्छ भर नै हुँदैन दिया ! ममी हुनुहुन्छ , भाइ हुनुहुन्छ , ममीलाई पनि सम्हाल्नु छ दिया अब तिमीले ! ममीको साहारा भाइको साहारा हौ तिमी अब ! तिमी आफैँ यस्तो भयौ भने कसरी सम्हाल्छौ ममीलाइ ! तिमी रोएको देख्दा कस्तो लाग्छ तिम्रो ममीलाई ! बुझ्छु म तिम्रो कुरा तिम्रो प्राण तिम्रो बाबा तिम्रो सबैथोक ले छोडेर जाँदा तिमीलाई के भयो होला भनेर ! सहन सक्ने कुरा पनि छैन ! तर पनि भाइको लागि ममीको लागि तिमी सम्हालिनु पर्छ दिया ! आफूलाई सम्हाल! अब बाबाको सपना हरु तिमीले पूरा गर्नु पर्छ !”
ऊ रुन रोकिएकी थिइन !
“थाहा छ आभास तर पनि मैली आफूलाई सम्हाल्न सकेको छैन ! भगवान कति निस्ठुरी है आभास ! ”
यो सोध्न हुने समय त थिएन तर पनि सोधेँ ” दिया के गरि भयो यो सब ?”
“मेरो जन्मदिनको दिन कलेज सकेर घर आएँ !राती बर्थ्डे सकेर सबैजाना सुत्ने तरखरमा थियौँ ,…………

यो सोध्न हुने समय त थिएन तर पनि सोधेँ ” दिया के गरि भयो यो सब ?”
रुँदै बोली ,”मेरो जन्मदिनको दिन कलेज सकेर घर आएँ !राती बर्थ्डे सकेर सबैजाना सुत्ने तरखरमा थियौँ , बाबा ममी र भाइ झापा नै हुनुहुन्थ्यो , म यहाँ मामाघरमा बसेर पढ्थे, उहाँहरुको कार्य ब्य्वस्थताले गर्दा आउन पाउनु भएन ! फोन गरेर म सुतेँ ! बिहानै मोबाइलको घन्टी बज्यो ! बिहानको करिब ४ बजेको थियो , बिहानको मीठो निद्रामा थिएँ म , दुइपटक घन्टी बजेसी बल्ल उठाएँ ,!ममीले गर्नु भएको रहेछ ! छोरी आज घर आउ है बाबालाई भेट्न मन लागेको छ रे भाइ पनि दिदी दिदी भन्दै छ ,तिम्रो बर्थ्डे नि सेलिब्रेट गरौँला दुई दिन बसेर फर्कनु ! ममीको स्वर एकदमै निरासा पुर्ण थियो ! डर मिसिएको थियो ! सायद रुँदै हुनुहुन्थ्यो !
“सबै ठिकै त छ नि मामु ?”सोधेँ !
“सबै ठिक छ मामालाई लिएर आउ है मैले कुरा गरेको छु !”
यति भनेर फोन राख्दिनु भयो !
एक्कासी यस्तो फोन ! पक्कै केही भएको जस्तो लाग्यो ! डर लाग्न थाल्यो , मामुले केही कुरा लुकाएको जस्तो लाग्यो ! मामा र म बिहानै झापा पुग्यौँ ९ बजे ! मामाले मलाई सिधै हस्पिटल लिएर जानू भयो !
अचम्म लाग्यो ! घर जान भनेर हिँडेको म !
“मामा हामी त घर जान लागेको अनि किन हस्पिटल ? “सोधेँ !
“मेरो एकजाना साथी भेट्नु छ भेटौँ अनि जाउँला नि है !
यहीँ नजिकै त हो ! ”
आइ .सि .यू अघि पुग्यौं, ! त्यहाँ पुग्दा , ममी , भाइ ,मामाघरको हजुर आमा , बाबाको साथि , सानुममी , घर वरपर का मान्छे सबै हुनुहुन्थ्यो ! ममी एक कुनामा बसेर रुँदै हुनुहुन्थ्यो ! सबैको अनुहार मलिन थियो ! अब निश्चिति भएँ पक्कै केही भएको छ ! ममी नजिक गएँ र सोधेँ ,
“ममी कसलाई के भयो ! किन हस्पिटल हजुरहरु सबै ? ममी बोल्नु न अनि बाबा खोइ ? व्ह्येर इज ड्याड ममी ? बाबा खोइ ? ”
अँह कोहि केही बोलेनन् ! मामुको आँसु रोकिएको थिएन ! अङ्गालोमा बेरेर रुँदै भन्नू भयो ,
“छोरी ! तेरो बा..बा…तेरो बाबा हामीलाई छोडेर जानू भयो ! कहिल्यै नफर्कने गरि ! ”
कति रोएँ कति कराएँ मलाई मात्र थाहा छ आभस त्यो दिन म ! जति रोए पनि मरेर गएको मान्छे कहाँ फर्केर आउँदो रहेछ र आभास !
बेलुकै बाबालाई हृदयघात भएर ल्याइएको रहेछ ! बाटामा आउँदा नै बाबा …..
डाक्टरले बेलुकै बाबालाई मृत घोषणा गरेछ !
त्यसैले कसैलाई फोन गरिन आभास ! तिमीलाई नि भन्ने समय भएन ! म आफैँले आफैँलाई सम्हाल्न सकेको थिइन आभास !
आज ममीले फोन गर तेरो साथिलाई , कलेजमा खबर गर्दिनु भन भन्नू भयो अनि तिमीलाई फोन गरेँ ! ”
उफ ! मलाई उसले भनेको सुन्दैमा भावुक भएको थिएँ उसलाई के भएको थियो होला !
“टाढा छौ अरु त म केही सहयोग गर्न सक्दिन दिया ! तिम्रो केही नोट कपीहरु पठाइदेउ म गर्दिन्छु ! ” भनेँ !
“होस आभास ! तिम्रो आफ्नै गर्नु हुन्छ कति धेरै कसरी भ्याउँछौ ! म आफैँ आएर गर्छु !” बोली !
मैले धेरै कर गरेपछी हुन्छ भनी ! भोलिपल्ट साथी उसको मामाघर गएर उसको फिजिक्स , केम्सेस्ट्री त बायो कपी ल्याइदिइन !
ऊ नहुँदा जे जे पढाइ भयो ती तीन सब्जेक्टको गरिदिएँ! मेरो कर्तव्य पनि थियो !
उसको बाबा बित्नु भएको १५ दिन पछि ऊ कलेज आइ !
दिनहरु बित्दै गए ! हेर्दा हेर्दै ११ को बोर्ड सकियो ! १२ मा पनि हामे एउटै सेक्सन पर्यौँ !
उसलाई मैले हरेक कुरामा सघाउँदै आएँ !
१२ को आधा भएपछि उसले एकदिन मलाई ब्रेक हुनुभन्दा एक पुरियड अगाडी “ब्रेकमा आज सँगै खाजा खाउँ ल ! केही कुरा गर्नु छ तिमीसँग ! ” भनेकी थिइ !
गएँ ! केहीबेरेमा ऊ पनि आई !
चिया अनि समोसा तरकारी खायौँ !
एकछिन दुबै सुनसान बस्यौँ , अनि उसले बोली
“आभास ……..



“ब्रेकमा आज सँगै खाजा खाउँ ल ! केही कुरा गर्नु छ तिमीसँग ! ” भनेकी थिइ !
गएँ ! केहीबेरेमा ऊ पनि आई !
चिया अनि समोसा तरकारी खायौँ !
एकछिन दुबै सुनसान बस्यौँ , अनि उसले बोली
“आभास केही भन्नू छ तिमीलाई ! धेरै दिन देखि यही कुराले डिस्ट्र्ब छ मेरो मन पनि ! अरु कोहि छैन तिमी जति नजिक ! तिमीसँग नभनी बस्नै सकिन ! त्यसैले बोलाएको तिमीलाई आज ! ”
अब फेरि त्यही आकाशको कुरा गर्ने होलि भनेर मन खल्लो भै रहेको थियो तर पनि आफूलाई सम्हाकेर बोलेँ !
“हुन्छ भन न के कुरा हो ! सक्ने रहेछु भने सल्लाह पनि दिन्छु तिमीलाई ! सुनाएर तिमीलाई मन हल्का हुन्छ भने भन न ! म तिम्रो जस्तो कुरा सुन्न पनि तयार छु ! ”
अलि लामो सास फेरेर ऊ बोल्न सुरु गरि ,”आभास , आकाशले मलाई छोडिदियो ! उइ आर नो मोर इन रिलेसनसीप ! ”
आँखा भरिइसकेका थिए उसका ! उसको यस्तो कुरा सुनेर अचम्म लाग्यो धेरै समय भएको थियो ऊसँग आकाशको बारेमा नसोधेको !
अलि सक्ड भएर बोलेँ , ” व्हाट ? के भन्दै छौ तिमी ? अनि एक बर्ष नि भएको छैन तिमीले ऊ यस्तो ऊ उस्तो भनेर बर्णन गरेको अनि यति छिट्टै यस्तो ? के भयो र किन छुटेको ? तिमीले त भन्दा नि भनेको थिएनौ त ! ”
“मान्छे बदलिन कति समय लाग्दो रहेछ र आभास ! अनि समय सँग मान्छे हरु पनि बदलिने हरेछ , मान्छेको बानी पनि !
आकाशले म बाट त्यो अपेक्षा गर्दै थियो जो म उसलाई दिन सक्दैनथेँ , त्यो महसुस खोज्दै थियो जसको बारे म अहिले सोच्न पनि सक्दैनथेँ ! र जसले उबाट मलाई टाढा हुन बाध्य बनायो ! ”
निरासा मिसिएको बोलिमा उसले भनी यो सब कुरा ! उसका कुराले मलाई अनौठो लागिरहेको थियो ! ऊ दुखी देखिन्थी त्यसैले नराम्रो पनि !
“किन के भयो र दिया तिमीहरुबिच त्यस्तो भयो ? के माग पूरा गर्न सकेनौ उसको र तिमी हरु छुट्टियौ? ” सोधेँ !
चिया को कपलाई अलि ओअर सार्दै बोली ,” आकाश १५ दिनको बिदामा यु एस बाट नेपाल आएको थियो ! भेट नभएको पनि २ बर्ष भएको थियो ! म पनि एकदमै उत्साहित अनि खुसी थिएँ ऊ आउने कुराले ! मन एकदमै पुलकित भएको थियो ! मेरो राजा नेपाल आउँदै छ भनेर ! ऊ पनि एकदमै खुसी थियो ! अब यति दिन बाँकी दियु , अब उति दिन बाँकि भनेर सुनाउने गर्थ्यो ! म भन्दा धेरै खुसी थियो आकाश ! नेपाल आयो ! ऊ आएको भोलिपल्ट भेटेँ उसलाई ! मेरो लागि ब्याग र चकलेट ल्याइदिएको थियो उसले त्यो दि जिन्दगी कै सबैभन्दा खुसी दिन थियो मेरो लागि ! मेरो आकाशसँग जो भेट भएको थियो ! ऊ पनि एकदमै खुसी थियो ! भेट भएको एक दिन राती हामे म्यासेन्जरमा कुरा गर्दै थियौं, ! उसले एउटा यस्तो प्रस्ताव राख्यो जुन मैले ऊ बाट कहिल्यै आउला भनेर सोचेको पनि थिइनँ !
ऊ मसँग शारीरिक सम्बन्ध राख्न चहान्थ्यो ! जुन कुराको खुसी म उसलाई बिहे अघि दिन सक्दैनथेँ ! यो ठिक थिएन ! ऊ मेरो हुन्छ हुँदैन यो पनि त थाहा थिएन , भोलि छुटिन पनि त सक्थ्यौँ नि आभास हामी होइन र ? म उसँग त्यस्तो सम्बन्ध मा बसेर यदि हामी छुट्टिएको भए मैले मेरो हुने वाला श्रीमानलाई धोका दिएको हुने थियो आभास ! उसले जति कर गर्दा नै मैले यो कुरा मानिन ! यही बिषयमा हामी बिच दैनिक झगडा हुन थाल्यो ! उसले मेरो चरित्रमा पन्ज औँला उठाउन थाल्यो ! मलाई लाग्छ शरीर माग्नेले प्रेम गर्दैन ! शारिरिक मोहमा लिप्त भए पछि छोड्न नि सक्छ नि हैन र मलाई यो सब मन परेन अनि म छुटिएँ ऊबाट ! एक महिना भयो आभास ! अहिले म ऊसँग कुनै प्रकारको कन्ट्याक्ट् मा छैन आभास ! ”
उसको कुराले मेरो मन खलबलाइदियो !
” तिमीलाई त्यो सम्बन्धबाट खुसी थिएन भने छोड्नु नै उचित हुन्छ दिया ! जुन कुराबाट सन्तुष्ट भइँदैन नि त्यस्तो सम्बन्ध हरु कुनै पनि राम्रो हुँदैन ! असन्तुष्टिमा बनेका कुनै पनि सम्बन्धहरु टिक्दैनन दिया ! यदि यो डिसिजन बाट खुसी छौ भने एकदम ठिक गर्यौ तिमीले ! अब जे भयो भयो आफूलाई सम्हाल्ने कोशिस गर दिया ! गार्हो छ् तर पनि तिमीले गर्नु पर्छ दिया ! तिमीले साँचो मनले उसलाई चाहेको थियौ , त्यसैले तिमीलाई गाह्रो हुन्छ बिर्सन तर पनि तिमीले सक्छौ स्ट्रोङ छौ तिमी ! ” सुझाब दिएँ!
” म खुसी छु आभास ! कुनै पश्चताप छैन आभास मलाई अब ! ”
जवाफ फर्काइ !
यस्तै कुरा गरेर हामी क्लास फर्कियौँ !
मैले दियालाई माया गर्छु भन्ने कुरा दियालाई थाहा थिएन! यो भ्यालेनटाइनमा भन्छु भनेर बसेको थिएँ म ! तर यस्तो अवस्था भन्नू ठिक थिएन जस्तो लाग्यो ! होस प्रेम गर्दैमा दर्साउनु पर्छ भन्ने नि छैन म उसलाई प्रेम गर्छु भन्ने मलाई थाहा छ त्यति भए भयो ! समय मिलेछ भने अरु कुनै दिन फेरि भनौला !
फ्रेब्ररी ७ को रात थियो निद्रा थिएन् ! मोबाइलमा फिल्म हेरेर बसेको थिएँ मोबाइलमा घन्टी बज्यो ! उसको मेसेज रहेछ ! रातको ठ्याक्कै १२ बजेको थियो ! खोलें, सुरु गरेँ पढ्न ! लेखिएको थियो , ” आभास ……


फ्रेब्ररी ७ को रात थियो निद्रा थिएन् ! मोबाइलमा फिल्म हेरेर बसेको थिएँ मोबाइलमा घन्टी बज्यो ! उसको मेसेज रहेछ ! रातको ठ्याक्कै १२ बजेको थियो ! खोलें, सुरु गरेँ पढ्न ! लेखिएको थियो , ” आभास धेरै कुरा छ तिमीलाई भन्नू पर्ने ! मनमा अनेक कुरा छन तिमीलाई भन्न भनेर साँचेका ! थाहा छैन तिमीलाई मेरो कुराले के हुन्छ , कस्तो असर पार्छ , अनि यो पनि थाहा छैन तिमीलाई मेरो कुरा मन पर्छ या पर्दैन ! मेरो कुराले तिमीलाई कति चोट देला , नराम्रो लाग्ला त्यसको लागि म पहिला नै तिमीलाई सरी भन्न चहान्छु ! आभास कलेजका दिनहरुमा तिमी जस्तो पनि साथी हरु हुन सक्छन भनेर मैले कहिल्यै कल्पना पनि गरेको थिइनं, ! कोहि कसरी यति प्यारो हुन सक्छ ? कोहि कसरी यति सहयोगी हुन सक्छ ? कोहि कसरी यति धेरै बिश्वासिलो हुन सक्छ आभास ? मेरो हरेक कुराको ख्याल हुन्थ्यो तिमीलाई , के गर्दै छु को सँग छु ठिक छ कि छैन मलाई केही आवश्यक छ कि छैन ? तिमी कति धेरै सहयोगी छौ है आभास , यति सम्म कि क्लासमा केही फोटोकपी गर्नु हुँदा तिमी मेरो लागि पनि किनेर ल्याइदिन्थ्यौ, आफूलाई पेन किन्दा मेरो लागि पनि किनेर ल्याइदिन्थ्यौ , कति हो कति पटक मेरो प्र्याक्टिकलको ड्रइङ नि बनाइदिन्थौ ,मेरो बाबा बितेर म कलेज न आएको बेलामा मेरो सबै नोट पनि गरिदिएका थियौ 😢😢 म एकदिन कलेज न आउँदा सबैभन्दा बढी चासो तिमीलाई हुने गर्थ्यो आभास ! क्लासमा कसैले मेरो बारेमा नराम्रो भन्दा सबैभन्दा पहिला मुख बन्द गराउने तिमी हुन्थ्यौ आभास ! कलेजको हेड बोइ भएर सबैको अघि तिमीले हरेक चोटि बोल्दै गर्दा कहिले आँसु निकालिदिन्थौ , कहिले ओठमा हाँसो ! तिम्रा ती सब्दहरुको बयान पूरा कलेजले गर्ने गर्छ , तिम्रो लिडरसिप क्वालिटिको बर्णन पूरा कलेजले गर्ने गर्छ ! कहिँ क्यान्टिनमा जाँदा पनि तिम्रै कुरा भइ रहेको सुन्दा छाती गौरबले चौढा हुने गर्छ आभास ! मेरो सबैभन्दा प्यारो साथि आभास छ भनेर! कलेजमा तिम्रो फ्यान नभएको कमै होलान आभास त्यसमध्य पनि सबैभन्दा ठूलो फ्यान म हुँ आभास ! तिम्रो जति हक अरु कसैको छैन ममा ! तिमी मेरो लागि प्रेरणा को स्रोत हौ आभास ! यु आर माइ इन्पिरेसन ! ओ कालू ह्यान्डसम ! कति तिता मिठा कुराहरु भए हामी बिच तर हामी कहिल्यै छुट्टिएनौँ , तिमी कहिल्यै टाढा भएनौ म बाट मैले जे जे भन्दा नि तिमीले देखायौ , एउटा असल साथिको परिभाषा !म स्वार्थी भएँ नसोच आभास ! अरु कसैसँग रिलेसन टुटेर मसँग नजिक हुन खोज्यो नसोच आभास ! तिमीलाई जति इज्जत म कसैलाई गर्दिन ! तिम्रो लागि यो मनमा जति सम्मान छ नि म उतार्न सक्दिन सब्दमा तिनलाई ! इभन मेरो मामु पनि तिम्रो फ्यान हो , तिम्रो ब्याक्तीत्वको ! तिम्रो लागि जति लेखे पनि कमै हुन्छ ! थाहा छैन तिम्रो मनमा के छ मेरो लागि , यो पनि थाहा छैन के सोच्छौ मेरो बारेमक बट आइ रेसपेक्ट यु , तिमी मलाई एकदमै राम्रो लाग्छ , आइ लभ यु आभास ! ❤️ बरु नो भन तर मबाट टाढा नहोउ है आभास , मलाई तिम्रो फ्रेन्डसिपको साथ अझै चाहिन्छ बाँचुन्जेल ! ”

मेसेज पढ्दै गर्दा कति बेला रुन पुगेँ थाहै पाइन ! आज सम्म कसैले मलाई यति लामो मेसेज यसरी गरेको थिएन ! मैले जसलाई मन पराउथेँ उसैले यो सब भनिरहेको थियो !
उबाट कहिल्यै यस्तो मेसेज आउला भनेर सोचेको पनि थिइन !
खुसी थिएँ यति धेरै कुरै छोडौँ ! हतार हतारमा मेसेज लेखेँ ” पहिले देखि भन्न नसकेको कुरा, तिमी सोच्न पनि सक्दैनौ कति चहान्छु म तिमीलाई भन्ने कुरा तिमी बुझ्न पनि सक्दैनौ तिमी को हौ भन्ने कुरा , तिमीले तिम्रो र आकासको बारेमा कुरा गर्दा म जति कोहि रोएन होला सायद , कति चोट सहेँ त्यति बेला , आज तिमी आफैँले यो सब कुरा भनिरहेका छौ बिश्वास पनि हुन सकेको छैन मलाई ! यति खुसी बनाइदिएका छौ मलाई सोच्न पनि सक्दिन ! पर्खाइ ठूलो कुरा हो प्रेम गर्नेले पर्खन सक्नु पर्छ एकदिन आफ्नो हुन पनि सक्छ भनेको कुरा साँचो लाग्दै थियो ! आइ लभ यू मोर दिया ! आज सम्म साथ दिँदै आएको छु र तिम्रो हरेक सुख दुखमा साथ दिने बाचा गर्दछु ! ”
फाइनल्ली आभास नि कसैसँग रिलेसनमा थियो ! अब हाम्रो झन धेरै कुरा झन धेरै भेट हुन थाल्यो हामी कलेज नभएको दिन पनि भेट्न थाल्यौँ ! एकदमै नजिक थियौँ ऊ पनि एकदमै खुसी थिइ ! १२ को बोर्ड एक्जाममा हामी एउटै बेन्चमा पर्यौँ मैले यति सहयोग गरेँ उसलाई कुरा छोडौँ ! १२ सकियो हामी बिदामा थियौँ ! पहिला दिनौँ भेट हुन्थ्यो अब १०-१५ दिनमा एकचोटी हुन थाल्यो ! ब्याचलर तयारीमा थिएँ म ब्याचलर ओन सोसल वोर्क कोर्स जोइन गरेँ ! उसले एक बर्ष लिभ लिन्छु आभास अनि सुरु गर्छु भनेकी थिइ ! मेसेज भइ राख्थ्यो हाम्रो , फोनमा कुरा पनि भेट पनि हुन्थ्यो !
म ब्याचलर सेकेन्ड बर्षमा थिएँ ! उसले पनि ब्याचलर जोइन गरि ! सबै राम्रै चल्दै थियो !
एकदिन उसले भेट्न बोलाइ ! हाम्रो भेट नभएको पनि धेरै भइ सकेको थियो लगभग २ महिना ! मैले बोलाउँदा नि भेटौँला नि भनेर टारिदिएकी थिइ ! मेसेजमा नि राम्रोसँग कुरा भएको थिएन !
गएँ , लोकन्थलीको रेड रोज क्याफे ! हामी सधैँ भेट्ने ठाउँ ! म गएर बसेँ ऊ आइपुगेकी थिइन ! केही बेरमा ऊ आइपुगी र उसलाई जुन रुपमा देखेँ ,………………………

मेसेजमा नि राम्रोसँग कुरा भएको थिएन !
गएँ , लोकन्थलीको रेड रोज क्याफे ! हामी सधैँ भेट्ने ठाउँ ! म गएर बसेँ ऊ आइपुगेकी थिइन ! केही बेरमा ऊ आइपुगी र उसलाई जुन रुपमा देखेँ , म हेरेको हेर्यै भएँ ! स्कुटर क्याफे अघि रोकि हेल्मेट खोलि ! कहिल्यै कुर्था नलगाउने मान्छे , अलि मोर्ड्न हुन रुचाउने ऊ आज ऊ कालो जिन्स र निलो टप्स लगाएर लगाएर आएकी थिइ! निधारमा रातो टिका थियो , गलामा टल्कने पोते थियो अनि बिचमा सिउँदो बनाएर दुइतिर कपाल फिँजाएकी थिइ र त्यो सिउँदो भरी रातो सिंदुर थियो ! कस्तो सुहाएको उसको सिउँदोमा सिंदुर , कस्तो राम्र्क देखिएको उसको गलामा पोते ! अनि कस्तो सुहाएको उसलाई निधारमा त्यो रातो टीका ! वाह! तर अपसोच त्यो सिउँदोको सिंदुर मेरो थिएन , त्यो गलाको पोते मेरो नामको थिएन! कहिल्यै सोचेको थिइन मैले उसलाई कहिल्यै अरुको कारणले यो रुपमा देख्छु भनेर ! सबै कुरा सिसा झैँ झर्ल्यामझुर्लुम्म भए मेरै आँखा अगाडि ! सबै सपनाहरु ! आँखा टिलपिल टिलपिल थिए तर खस्न सकेनन आँखाबाट !
ऊ मेरो सामुन्ने आइ र बसि ! आँखाबाट आँसु खसाल्दै उसलाई हेरेको हेर्यै भएँ म ! मुख खुलेनन मेरा ! केही बोल्न सकिन ! आँट नै आएन!
“आभास ! थाहा छ मलाई यो रुपमा यसरी देख्दा तिमीलाई कति पीडा भइरहेको होला भनेर ! के भनौँ कसरी भनौँ आभास ! तिमीसँग जति नजिक भए पनि मैले कहिल्यै आकाशलाई भुल्न सकेको थिइनँ ! हरेक पल याद आउँथ्यो ऊ मलाई ! तिमीसँग जुन जुन रुपले नजिक भएँ हरेक पल सम्झन्थेँ आकाशलाई ! चाहेर पनि बिर्सन सकेको थिइनँ उसलाई !
तिमी ब्याचलर पढन सुरु गरेको लगबग एक बर्ष हुन लाग्दा एक दिन राती उसको फोन आएको थियो! यति रोयो नि आभास ऊ मेरो लागि , उसले मेरो अघि माया को भिक माग्दै थियो ! कहिल्यै देखेको थिइनँ केटा मान्छे त्यसरी रोएको ! त्यो दिन त खासै केही कुरा गरिनँ मैले तर त्यसपछि उसको आँसु सहन सकिन मैले ! दिन दिनै फेरि हाम्रो कुरा हुन थाल्यो ऊ हरेक पटक मलाई आफ्नो बनाउने पहिला जस्तो केही नमाग्ने मेरो चहाना बिपरित भन्न थाल्यो ! उसको अघि मेरो केही लागेन आभास !आखिर “पहिलो प्रेम कहाँ भुलाउन सकिने रहेछ र !” आभास ! आकाश मेरो पहिलो प्रेम जो थियो ! उसले मेरो घर परिवार सबैसँग कुरा गर्यो ! मेरो परिवार र उसको परिवारको सल्लाहमा मेरो बिवाह पक्का भयो र एक महिना अघि मेरो बिवाह भयो आकाशसँग ! म खुसी पनि थिएँ मेरो पहिलो प्रेम मेरो भयो भन्ने कुरामा ! तर नराम्रो पनि लागेको थियो , मैले तिमीलाई धोका दिएँ भन्ने कुराले ! मैले मेरो बारे मात्र सोचेँ आभास तिम्रो बारे सोचिनँ मलाई जे भन्न नि सक्छौ आभास तिमीले चरित्रहीन , स्वार्थी ! हो म स्वार्थी भएँ आफ्नो प्रेमको लागि ! म माफीको लायक त छैन तर पनि मलाई माफ गरिदेउ आभास सक्छौ भने ! कहिल्यै ॠण तिरेर सक्ने छैन म तिमीले मलाई लगाएको गुणको ! ”
ऊ बोल्दै गइ ! मलाई केही बोलुँ जस्तो नि आएन !बस आँखाबाट अविरल बगिरहे !
त्यति प्यारीलाग्ने दियाको बोलिमा आज मैले कठोरता भेटेँ ! ऊ बोल्दै गइ;”आभास म कहिल्यै बिर्सन सक्दिन तिमीले कलेज पढ्दा गरेको सहयोगको ! मेरो जिन्दगीको गरेक मोडमा दिएको साथ कहिल्यै बिर्सन सक्दिन आभास !
आइ एम सरी !
बाध्यता समयले यस्तो गरायो ! तिमी यती प्यारा छौ नि आभास जो कोहिले तिमीजस्तै जीवनसाथि पाओस भनेर कामना गर्छ ! तिमीलाई पाउने मान्छे संसारकै सबैभन्दा भाग्यमानी हुन्छ ! तिमीले तिमीले गर्ने भन्दा धेरै माया गर्ने पाउँछौ आभास !
अब केही हप्तामै आकासँग म अमेरिका जाँदै छु ! आफ्नो ख्याल गर्नु! आभास ,सायद यो हाम्रो अन्तिम भेट हुनेछ ! ।आइ एम सरी !”
यति बोली जुरुक्क उठेर गइ म हेरिराखेँ ! आँखाबाट आँसु खसिराखे ! अँह उसले फर्केर एकचोटी पनि हेरिनँ ! न त मैले बाइ गर्नलाई हात नै उठाउन सकेँ !

लेखक : पुष्प संजेल

तस्बिर: गूगल

प्रतिक्रिया दिनुहोस्