कंगनाको ‘मणिकर्णिका’ लगानी उठाउन असफल



रंगखबर, काठमाडौँ – जनवरी २५ मा रिलिज भएको बलिउड फिल्म ‘मणिकर्णिका: द क्विन अफ झाँसी’ अहिले चौथों सातामा प्रदर्शनरत छ ।

अभिनेत्रीकै दममा बलिउडमा फिल्म हिट बनाउन सामर्थ्य राख्ने कंगना रनाउतले ‘मणिकर्णिका’लाई लिड गरेकी थिइन् । उनले भूमिकामा मात्र नभई फिल्म निर्देशनको जिम्वेवारी पनि उठाएकी थिइन् । 

यसअघि उनकै अभिनयको दमले ‘तनु वेड्स मन्नु रिटर्न्स’ले घरेलु बक्सअफिसमा डेढ सय करोड माथिको व्यापार गर्दै इतिहाँस रचेको थियो । उक्त फिल्म लेडी हिरोको दममा सय करोड क्लबमा इन्ट्री गर्ने पहिलो फिल्म समेत बनेको थियो ।

त्यसैले जी स्टुडियो, कमल जैन र निशान्त पित्तिले कंगनाको भरमा भारतीय १ अर्व माथि लगानी गरे । प्रोडक्सनमै सय करोड खर्चिएको फिल्मलाई रिलिज हुँदासम्म थप २५ करोड भारतीय खर्चिनु पर्यो ।

फिल्मको हाइपले सुरुवाती व्यापार राम्रो हुने अपेक्षा गरिएको थियो । बाँकी ‘माउथ पब्लिसिटी’मा भर पर्दा कम्तिमा १ सय ५० करोड माथि सजिलै छुने अनुमान गरिएको थियो ।

तर, फिल्मले सोचे अनुरुपको व्यापार गर्न सकेन । चौथों विकेन्ड पार गर्दासम्म ९५ करोड कमाई गरिसकेको फिल्मलाई सय करोड आँकडा छुन लगभग अनिश्चित जस्तै भैसकेको छ । नयाँ रिलिज ‘गली व्वाय’ले ‘मणिकर्णिका’लाई धेरै हलबाट रेप्लेस गरिदिएको छ ।

राम्रै व्यापार गर्दा-गर्दै पनि ‘मणिकर्णिका’ लगानी उठाउन असमर्थ देखिएको छ । यतिसम्मको व्यापार गर्नुको पछाडी कंगनाको स्टारडम हात छ । भारी बजेटका कारण फिल्मले घरेलु बक्सअफिसको हिटको ट्याग पाउन बन्चित भएको छ ।

फिल्मले लाइफटाइम ९७ देखि ९९ करोड बीचमा कमाई गर्न सक्छ । यदि सय करोडको आँकडा छुन सके ‘मणिकर्णिका’को सफलता मानिनेछ ।

प्रतिक्रिया दिनुहोस्