‘कागजपत्र’ ट्रेलर: नक्कली विवाहमा अस्ट्रेलिया जानेको कथा



रंगखबर, काठमाडौँ – अस्ट्रेलिया जान गरिने नक्कली विवाहको विषयमा निर्मित फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि लभस्टोरी ‘ऋतु’ र थ्रिलर ‘झुम्की’ निर्देशन गरिसकेका अपिल विष्टले यसपटक बजार केन्द्रित फिल्म बनाएका छन् ।

कमेडी प्रस्तुत ट्रेलरमा दिअर्थि संवादलाई प्राथमिकता दिइएको छ । नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, लक्ष्मी वर्देवा, सरिता गिरी, जीवन भट्टराई, लोकेन्द्र लेखक, अर्जेश रेग्मीलगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरमा हसाउँन दिअर्थि नै प्रयोग गरिएका छन् ।

तर, यस विषयलाई निर्देशकले कथाको माग भनेका छन् । उनले भने ‘हामीले वैदेशिक रोजगारमा जाँदा आउने समस्यालाई लिएर संदेश दिन पनि खोजेका छौँ ।’

फिल्मलाई इपी एजुकेशन अस्ट्रेलियाले प्रस्तुत गरेको हो । चैत ८ गते रिलिज हुने फिल्ममा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले लगानी गरेका छन् । ‘कागजपत्र’का प्रस्तुतकर्ता भने सुरज अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्