‘केसरी’ ट्रेलरमा जबरजस्त अक्षय, १० हजारविरुद्द २१ सेनाको युद्द



रंगखबर, काठमाडौँ – बलिउडमा पछिल्लो समय पिरियड ड्रामामा बनेका फिल्मको लोकप्रियता बढ्दो छ । यसैबीच १८९७ मा २१ ब्रिटिश भारतीय (शिख) सेनाले १० हजारविरुद्द देखाएको बहादुरीको कथामा आधारित फिल्म ‘केसरी’को ट्रेलर रिलिज गरिएको छ ।

अक्षय कुमार स्टारर फिल्मको ट्रेलर जबरजस्त छ । उनको अपोजिट परिनिती चोपडा छिन् । ट्रेलरमा खासगरि ब्याकग्राउण्ड म्युजिक र संवादलाई रुचाइएको छ । 

मार्च २१ मा रिलिज हुने फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । फिल्मको कथा गिरिश कोहली र निर्देशक सिंहले मिलेर लेखेका हुन् ।

ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले गर्दा ‘केसरी’ले बक्सअफिसमा कमालले व्यापार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्