‘मुन्द्रेको कमेडी क्लब’मा दिइएको गलत सूचना, फुटबलको कुरामा चिप्लिए जितु



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम मध्येको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय शो हो ।

रंगीन दुनियाँका बिभिन्न व्यक्तित्वहरुलाई निम्त्याइने शोको १७ औँ सृंखलामा फिल्म ‘क्याप्टेन’बाट भुवन केसी र अनमोल केसीलाई निम्त्याइएको थियो । फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । त्यसैले फुटबल विशेष शो हुने नै भइहाल्यो ।

कार्यक्रम सुरुवात गर्दै गर्दा फुटबल विषयक जानकारी नहुँदा प्रस्तोता जितु नेपाल नराम्ररी चिप्लिए । उनले केहि समय अगाडी मात्रै भारतमा नेपाली महिलाले ‘हिरो कप’ जितेको प्रसंग सुनाउदै बधाई स्वरुप दर्शकलाई ताली बजाउन अनुरोध गरे । दर्शकबाट ताली घन्कियो ।

तर, नेपालले ‘हिरो गोल्डकप‘को उपाधि जितेको थिएन । भारतमा सम्पन्न फाइनलमा म्यानमारसँग ३-१ ले नेपाल पराजित भएको थियो । यसैबीच नेपालले अन्तरराष्ट्रिय उपाधि चुम्ने सुवर्ण अवसर गुमाएको थियो ।

विषयक जानकारी/तयारी नभैकनै जितु जस्तो अनुभवी कलाकारले गलत सुचना दिनु पक्कै पनि राम्रो पक्ष होइन । यसले फुटबलसँग जानकार र प्रशंसकको मन दुखाउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्