स्व. श्रीकृष्णसँगै नीरुताको सिग्नेचर गीत ‘चट्ट रुमाल’को रिमेक रिलिज (भिडियो)



रंगखबर, काठमाडौँ – दुई दशक अगाडीको सुपरहिट फिल्म ‘आफ्नो मान्छे’मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’को नयाँ भर्सन गीत सार्वजनिक गरिएको छ ।

सम्राट शाक्य निर्देशित ‘यात्रा – अ म्युजिकल भ्लग’मा समावेश रिमेकमा सलिनमान बनियाँ, सलोन बस्नेत, जहान्वी बस्नेत, मलिका महत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाले कम्मर मर्काएका थिए । ओर्जिनल भर्सन भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहले सिग्नेचर ठुम्का लगाएका थिए ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा संगीतवद्द गीतमा बाबुराम दाहालको शब्द र साधना सरगमसँगै शम्भुजितको स्वर थियो । नयाँ भर्सनमा भने राजन इशानको एरेन्ज, धर्मेन्द्र सेवान र मेलिना राईको स्वर छ ।

‘यात्रा’मा सलिनमानसँगै सलोन बस्नेत, जाहन्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारको अभिनय छ । फिल्मलाई चर्चित कलाकार केशब भट्टराईले निर्माण गरेका हुन् ।

फिल्म नयाँ वर्ष २०७६ को छेको पारी चैत २९ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्