अनुपबिक्रमको ‘पुरानो बुलेट’



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’को लिरिकल शिर्ष गीत रिलिज गरिएको छ । जयन जे वाइबाको शब्द, संगीत र स्वर समावेश गीतले बाइकसँग जोडिएको मानिसको समवेदना वर्णन गर्छ ।

चैत १ गते रिलिज हुने फिल्मलाई संचारकर्मी भिषण राईले निर्देशन गरेका हुन् । सोसियल कमेडी फिल्ममा अनुपबिक्रमसँगै वर्षा सिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताललगायतका कलाकारले अभिनय गरेका छन् ।

सन्तोष राईले कार्यकारी निर्माण सम्हालेको फिल्ममा अशोककुमार राई, टिकाराम राई, बिरेन सम्बा र दीपेन लिम्बुले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्