पहिलो सन्तानको व्यग्र प्रतिक्षामा आर्यन र सपना (फोटो कथा)



रंगखबर, काठमाडौँ – ४ वर्ष अगाडी विवाहिक सम्बन्धमा बाँधिएको आर्यन सिग्देल र सपना भण्डारीको घरमा नयाँ सदस्यको आगमन हुने भएको छ ।

४ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका आर्यन र सपनाले पहिलो भेट गरेको ८ वर्ष पछि सन्तान जन्माउने निर्णयमा पुगेका हुन् ।

सपनाले फेसबुक मार्फत आफु गर्भवती भएको फोटोको संग्रह सार्वजनिक गरेकी छन् । जहाँ, दुवैलाई पहिलो सन्तानको व्यग्र प्रतिक्षा रहेको अनुमान लगाउन सकिन्छ ।  उनले नयाँ वर्ष २०७६ मा आर्यन परिवारमा सदस्य थपिने जानकारी गराएकी छन् । यसअर्थमा उनको पेटमा रहेको बच्चाले आठौँ महिना पुरा गर्दैछन् ।

नेपाली फिल्म क्षेत्रमा लभर व्वायको रुपमा सर्वाधिक सफल अभिनेता आर्यन साम्तेन भुटियाको ‘चच हुइ’मा व्यस्त छन् । भने, पहिलो पटक पिताको भूमिका निर्वाह गरेको ‘हजार जुनीसम्म’ साउन ३० मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्