‘द एंड’मा अक्षयको पारिश्रमिक ९० करोड भारु ?



रंगखबर, काठमाडौँ – बलिउडका खेलाडी अक्षय कुमार छिट्टै डिजिटल प्ल्याटफर्ममा डेब्यु गर्दैछन् । अमेजन प्राइमको वेब ‘सिरिज ‘द एंड’मा देखिने छन् ।

यो स्टन्ड बेस्ड शो हो । केहि दिन अगाडी शरीरमा आगो लगाएर अक्षयले यस शोको बारेमा जानकारी दिएका थिए । शोको प्रतिक्षा र चर्चा हुँदै गर्दा अक्षयले यस कामको लागि लिएको पारिश्रमिकको चर्चा सुरु भएको छ ।

भारतीय मिडियाका अनुसार ‘द एंड’को लागि अक्षयले भारतीय ९० करोड पारिश्रमिक लिएको चर्चा छ । विशेष स्रोत यसै भन्छ । तर, यस विषयमा आधिकारिक बोलि फुटेको छैन ।

पहिले त डिजिटल प्ल्याटफर्ममा अक्षयले डेब्यु गर्न मानेका थिएनन् । छोरा आरवको लगातारको बलले गर्दा अक्षय शोको लागि राजी भएका हुन् ।

अक्षयको आगामी फिल्म ‘केसरी’ मार्च २१ मा रिलिज हुँदैछ । भने, ‘मिसन मंगल’, ‘गुड न्युज’, ‘हाउसफुल ४’ र ‘सूर्यवंशी’ पाइपलाइनमा छन् । 

प्रतिक्रिया दिनुहोस्