‘गली व्वाय’को सिक्वेल बन्ने, निर्देशक जोयाको खुलासा



रंगखबर, काठमाडौँ – बक्सअफिसमा सुपरहिट भएको फिल्म ‘गली व्वाय’को सिक्वेल बन्ने भएको छ । फिल्म अहिले पनि केहि हलहरुमा प्रदर्शनरत छ ।

‘गली व्वाय’ निर्देशक जोया अख्तर

एक भारतीय मिडियामा अन्तर्वार्ता दिने क्रममा निर्देशक जोया अख्तरले ‘गली व्वाय’को सिक्वेल निर्माण हुने खुलासा गरेकी हुन् । मध्यम लगानीमा निर्मित फिल्मले घरेलु बक्सअफिसमा १ सय ३५ करोडको व्यापार गरिसकेको छ ।

लेखक रीमा कागतीसँग जोयाले दोस्रो सृंखलाको स्क्रिप्ट लेखिरहेकी छन् । उनले भनेकी छन् ‘हिप-हप’मा आधारित धेरै कुरा भारतमा छन् । त्यहि विषयमा फिल्मको स्क्रिप्ट लेखिरहेका छौँ ।’

सिक्वेलमा जोयाले आफ्नो भाई फरहान अख्तरलाई लिड लिने चर्चा सुरु भएको थियो । यस चर्चालाई खण्डन गर्दै जोयाले फरहान फिल्ममा नहुने बताएकी छन् । फरहान फिल्मको लिडमा फिट नहुने उनको तर्क छ । ‘फरहान र्यापरको भूमिकामा फिट नहुँदा हामि दुवै दुखि छौँ । सम्भवत: उनि संगीतमा हुनेछन् । तर, तय भने भैसकेको छैन ।’

रणवीर सिंह, आलिया भट्ट, सिद्धान्त चत्तुर्वेदीको मुख्य भूमिका रहेको ‘गली व्वाय’ले स्ट्रिट र्यापरको कथा प्रस्तुत गरेको थियो । समिक्षक र दर्शकबाट वाहवाही बटुलेको फिल्मबाट तीन लिड कलाकारले निक्कै प्रशंसा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्