इन्डोनेसियामा हट ‘आयंका’ (फोटो फिचर)



रंगखबर, काठमाडौँ – प्रियंका कार्की र आयुषमान देशराज जोशीले साता अगाडी मात्रै सामाजिक कार्यमा लाग्ने भनेर ‘आयंका फाउन्डेसन’ संचालनमा ल्याए । त्यसको केहि दिनमा पूर्वी तराइका केहि स्थानमा समाज सेवाका केहि गृहकार्य गरेका यो जोडी अहिले छुट्टी मनाउन इन्डोनेसिया पुगेका छन् ।

तीन दिन अगाडीबाट प्रियंकाले इन्डोनेसियाको बाली र जिमबरन वीचबाट रोमान्टिक तस्विरहरु सार्वजनिक गरिरहेकी छन् । बालीको ३० डिग्री आसपासको गर्मिमा प्रियंका र आयुषमान निक्कै खुलेका छन् । 

प्रियंका टु-पिस कपडामा सुपरहट देखिएकी छन् । भने, आयुषमान पातलो पाइन्ट र सर्टमा खुलेका छन् । प्रियंका बिगत केहि वर्ष देखि सर्वाधिक व्यस्त सेलेब्रेटीको अग्रपंतिमा आउछिन । प्राय: फिल्म छायाँकनकै क्रममा देश-विदेश घुमिरहने प्रियंका यसपटक भने छुट्टी मिलाएर प्रेमीसँग रोमान्टिक भ्रमणमा पुगेकी छन् ।




प्रतिक्रिया दिनुहोस्