‘द म्यान फ्रम काठमाडौँ’लाई ३२.२३ प्रतिशत शोज, बाँकी दुईको न्यून



रंगखबर, काठमाडौँ – चैत १ गते रिलिज हुने फिल्मका लागि मल्टीप्लेक्सका स्टेशनमा बुकिङ खुला गरिएको छ । यो साता तीन नेपाली फिल्म प्रदर्शनमा आउदै छन् । ‘द म्यान फ्रम काठमाडौँ’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ यो साताका प्रतिस्पर्धी हुन् । जसको प्रतिस्पर्धा दुई-तीन साता अगाडी देखि प्रदर्शित फिल्मसँग पनि हुनेछ ।

क्युएफएक्सका ९ ओटा स्टेशन र बिग मुभिज, एफक्युब, बिएसआर र क्युज सिनेमासले यो शुक्रबारका लागि १ सय २१ शोज निर्धारण गरेका छन् । जसमा फ्रेस रिलिजले ५१.२३ प्रतिशत शोज कब्जा गरेका छन् । भने, पुराना रिलिज ४८.७६ प्रतिशत शोजमा यथावत छन् । सिडीसीले भने विहिबार यो सामाग्री तयार पार्दासम्म शोज निर्धारण गर्न सकेको छैन ।

फ्रेस रिलिजमा ‘द म्यान फ्रम काठमाडौँ’ले उल्लेख शोज पाएको छ । उसले ३२.२३ प्रतिशत शोज कब्जा गरेको छ । क्युएफएक्सकै आफ्नो फिल्म भएकाले यसले ९ ओटा स्टेशनमा मात्रै २३.१४ प्रतिशत शोज पाएको छ । बाँकीमा ९.०८ प्रतिशत कब्जा गरेको छन् ।

त्यस्तै ‘पुरानो बुलेट’ र ‘जानी नजानी’लाई मल्टीप्लेक्सले न्यून शोज दिएका छन् । ‘पुरानो बुलेट’को पक्षमा १०.७४ र ‘जानी नजानी’को पक्षमा ८.२६ प्रतिशत शोज हात परेका छन् ।

बरु तेस्रो सातामा प्रवेश गर्ने ‘क्याप्टेन’ले १३.२२ प्रतिशत शोज कायम गरेको छ । त्यस्तै दोस्रो सातामा प्रदर्शन हुने ‘बदला’ले १४.८७ प्रतिशत शो आफ्नो पक्षमा पारेको छ । पुराना रिलिज अन्तर्गत केहि शोजमा ‘टोटल धमाल’, ‘लुका छिपी’, ‘गली व्वाय’, ‘द ब्रेकअप’ यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्