‘दाल भात तरकारी’ शिर्ष गीत रिलिज



रंगखबर, काठमाडौँ – महसंचारको प्रस्तुति ‘दाल भात तरकारी’को शिर्ष गीत रिलिज गरिएको छ । शम्भुजित बाँस्कोटाले संगीत दिएको डान्सिङ नम्बरमा पुष्प खड्का र आँचल शर्माले ठुम्का लगाएका छन् । भने हरिवंश आचार्य र नीरुता सिंहलाई पनि भिडियोमा समेटिएको छ । उनिहरु सेफको ड्रेसमा रमाइलो गरिरहेका छन् ।

हरिबंशकै शब्द सृजना रहेको गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर छ । भने, कोरियोग्राफी प्रविण सिंहको छ ।

किरण केसी प्रस्तुतकर्ता रहेको ‘दाल भात तरकारी’ अब पुर्व निर्धारित मितिमा रिलिज नहुने भएको छ । पोस्ट प्रोडक्सनको काम नसकिने भन्दै फिल्म बैशाख १३ बाट २० मा सारेको छ ।

हरिबंशले लेखेको कमेडी ‘दाल भात तरकारी’लाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको डेब्यु निर्देशनमा विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतले पनि अभिनय गरेका छन् । फिल्ममा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरि पौडेल र यमन श्रेष्ठले लगानी भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्