अनमोल र सुहानाको गज्जब केमेस्ट्री, ‘ए मेरो हजुर ३’ गीत रिलिज



रंगखबर, काठमाडौँ – चैत २९ गते रिलिज हुने फिल्म ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगी नै भन्दिन’ बोलको गीतमा अनमोल केसी र सुहाना थापाको जोडी बाँधिएको छ । दुवैको जोडी निक्कै सुहाएको छ ।

सुहानाका लागि यो डेब्यु फिल्म हो । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । पछिल्लो समय निर्देशनमा व्यस्त हुन् थालेपछि झरनाले छोरी सुहानालाई लन्च गरेकी छन् । झरनाको सुन्दरतामा रमाउने प्रशंसकलाई सुहाना उपहार हुन् । उनि दुरुस्तै झरना जस्तै देखिन्छिन ।

सार्वजनिक गीतमा आशिष अविरलको संगीत, एक नारायण भण्डारीको शब्द सृजना र सुगम पोखरेल/प्रविषा अधिकारीको स्वर छ । 

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्