‘प्रेमलीला’को स्याड भर्सन गीत रिलिज



रंगखबर, काठमाडौँ –  आउँदो शुक्रबार देखि देशभर प्रदर्शन हुने फिल्म ‘प्रेमलीला’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘सबको कहानी उस्तै’ बोलको गीतमा गायीका शोभा पाण्डेले आवाज भरेकी छिन । महेश खड्काको संगीत, डा. कृष्णहरि बरालको शब्द रहेको गीतलाई किरण कंडेलले एरेन्ज गरेका छन | यस अघि २/२ वटा ट्रेलर र गीत सार्वजनिक भै सकेको फिल्मका टिमले फिल्म प्रदर्शन हुन केहि दिन बाँकी रहँदा सो प्रचार सामाग्री दर्शक सामु छोडेको हो ।

गीत हेर्नुस :

फिल्ममा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ । प्रमिल संवाद भरिपूर्ण ट्रेलरमा मुख्य कलाकार दीपशिखासँगै मौसम खड्का र अलि खान हाइलाइट्स छन् ।फिल्मको ट्रेलर र पोस्टर  कतै पनि  निर्देशकको नाम छापिएको छैन । निर्देशकसँग दीपशिखाको मनमुटाव भएपछि उनले बीचबाटै फिल्म छोडेका थिए । त्यसपश्चातको निर्देशनको काम दीपशिखाको अगुवाईमा सकिएको थियो ।फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा र भारतीय कलाकार अर्चना शुक्लाले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्