‘कागजपत्र’का कारण पिडामा कलाकार



रंगखबर, काठमाडौँ – ‘कागजपत्र’ भित्रको स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । अस्ट्रेलिया जान नक्कली ‘कागजपत्र’को पछाडी कुद्ने चार पात्र नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी विचको पिडा गीतले वर्णन गर्छ ।

उनिहरुले बाटो बिराएको भाव संगीत सापकोटाको शब्द/संगीतमा समेटिएका छन् । गीतमा अनुपम शर्मा र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

चैत ८ गते रिलिज हुने ‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । ट्रेलर, संगीतबाट फिल्मले आशा जगाएको छ । आगामी शुक्रबार बक्सअफिसमा उत्रिने फिल्मलाई इपी एजुकेशन अस्ट्रेलियाको प्रस्तुतिमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्