अभिनय, राजनीति हुँदै क्रिकेटमा रेखा



रंगखबर, काठमाडौँ – डेढ दशकदेखि अभिनयको दुनियाँमा छाएकी अभिनेत्री रेखा थापाले नेपाली क्रिकेटमा प्रवेश गरेकी छन् । बैशाख ७ देखि १४ सम्म विराटनगरमा सम्पन्न हुने प्रथम महिला टि–२० क्रिकेट लिगको लागि टिम किनेर उनले क्रिकेट दुनियाँमा पनि पाइला चालेकी हुन् ।

उनि काठमाडौं सुपर च्याम्पियनको मालिक बनेकी छन् । चर्चा र कमाईका लागि भन्दा पनि महिलालाई सपोर्ट गर्न आफुले यो कदम चालेको उनले बताइन । रेखाले पछिल्लो समय महिलाका लागि आवाज उठाइरहेकी छन् । उनका पछिल्ला रिलिज फिल्मले पनि महिला सशक्तिकरण मुद्दा उठाएका हुन्छन । रेखा अहिले राजनीतिमा उत्तिकै व्यस्त छिन् ।

काठमाडौँ सुपर च्याम्पियनसँगै भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस र धनगढी वण्डर वुमन गरि ४ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी जित्नेछन् । केहि दिनमै अक्सनबाट टिमले खेलाडी निर्धारण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्