२०२० को इदमा सलमान र अक्षयको बक्सअफिस भिडन्त !



रंगखबर, काठमाडौँ – ‘पद्मावत’ निर्देशक संजयलीला भन्सालीको आगामी प्रोजेक्ट ‘इन्शाअल्लाह’ अहिले सर्वाधिक चर्चामा छ । कारण, २० वर्ष पश्चात संजयलीला र सलमान खानको सहकार्य नै हो ।

फिल्ममा सलमानको अपोजिट आलिया भट्ट जोडिएपछि यो प्रोजेक्टको चर्चा अझ चुलियो । २७ वर्ष उमेर अन्तरका सलमान र आलियाको जोडी कस्तो देखिएला ? भन्ने उत्सुकतामै ‘इन्शाअल्लाह’ टिमबाट नयाँ खबर बाहिरिएको छ । जो सहि सावित भएमा बलिउडमा कम्पननै आउने छ ।

बलिउड हंगामासँगको एक अन्तर्वार्तामा ‘इन्शाअल्लाह’लाई २०२० को इदमा रिलिज गर्ने सलमानले खुलासा गरेका छन् । ‘म पहिले दबंग ३को छायाँकन सुरु गर्दैछु । त्यसपश्चात इन्शाअल्लाह गर्नेछु । दबंग ३ यहि वर्षको डिसेम्बरमा रिलिज हुनेछ । भने,  इन्शाअल्लाह २०२० को इदमा ।’ उनले भनेका छन् ।

२०२० को इदमा अक्षय कुमारको ‘सूर्यवंशी’ले रिलिज तय गरिसकेको छ । यो प्रतिक्षित फिल्मलाई रोहित सेट्टीले निर्देशन गर्दैछन् । यो मितिमा यदि ‘इन्शाअल्लाह’ रिलिज भयो भने ५ वर्ष पश्चात पुन: संजयलीला र रोहितको बक्सअफिस भिडन्त हुनेछ ।

सन् २०१५ मा संजयको ‘बाजिराव मस्तानी’ र रोहितको ‘दिलवाले’ एकआपसमा भिडेका थिए । जहाँ संजयले बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्